काठमाण्डौ । गत जेठ १७ गतेयता पहिलो पटक प्रतिनिधिसभा बैठकमा उपस्थित भएका प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार अपराह्न मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
मंगलबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेपछि संसद् बैठकमा सहभागी भएका प्रधानमन्त्री शाह करिब २० मिनेटमै बाहिरिएका थिए।
संसद् भवनबाट निस्किएलगत्तै उनले अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
प्रधानमन्त्री शाहले आकस्मिक रूपमा बोलाएको बैठकका एजेन्डाबारे भने अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

