मंगलवार, असार ३०,२०८३ 06:18:46
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 06:18:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नगर प्रहरीलाई मन्त्री लम्सालको आग्रह– मनोबल नघटाउनुहोस्, सरकार तपाईंहरूको साथमा छ

Laxmi Sunrise Bank Limited
नगर प्रहरीलाई मन्त्री लम्सालको आग्रह– मनोबल नघटाउनुहोस्, सरकार तपाईंहरूको साथमा छ

 

काठमाण्डौ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाई जिम्मेवारीमा फर्किन आग्रह गरेका छन्।

मुगुका गणेश नेपालीले आत्मदाह गरेको घटनापछि सडक व्यवस्थापनमा नगर प्रहरीको उपस्थिति कमजोर भएको विषय उल्लेख गर्दै मन्त्री लम्सालले नगर प्रहरीले नागरिकको जीवनरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, “काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू, मनोबल नघटाउनुहोस्। तपाईंहरूको कारण कैयौँ एम्बुलेन्स समयमै अस्पताल पुगेका छन् र धेरै नागरिकको ज्यान जोगिएको छ।”

New Office
CG Motors
Garima Development Bank

नगर प्रहरीको मनोबल कमजोर हुँदा सडक व्यवस्थापन तथा आकस्मिक सेवामा प्रतिकूल असर परेको हुन सक्ने उनको भनाइ थियो।

“तपाईंहरूको मनोबल गिरेका कारण अहिले कति व्यक्तिले समयमै उपचार नपाएर ज्यान गुमाउनुपरेको होला, तर त्यसबारे कसैले बोलेको छैन,” मन्त्री लम्सालले भने।

उनले सरकार नगर प्रहरीको पक्षमा रहेको उल्लेख गर्दै आफ्नो जिम्मेवारी दृढतापूर्वक पूरा गर्न आग्रह गरे।

“आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नुहोस्। सरकार तपाईंहरूको पक्षमा छ, साथमा छ,” उनले भने।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मन्त्री लम्सालले परिवर्तनको परिणाम देखिन केही समय लाग्ने भन्दै नगर प्रहरीसहित सम्पूर्ण नागरिकलाई आशावादी रहन आग्रहसमेत गरे।

“परिवर्तन हुन केही समय लाग्छ। आशावादी रहनुहोस्। हामी फरक तरिकाले काम गरिरहेका छौँ। सबै मिलेर देश बनाऔँ,” उनले भने।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.