काठमाण्डौ सरकारले नेपाल वायुसेवा निगमका सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारको निर्णयबारे जानकारी दिँदै शिक्षामन्त्री सस्मित पोखरेलले श्रेष्ठलाई निगमको व्यवस्थापकीय जिम्मेवारीसहित कार्यकारी भूमिकामा नियुक्त गरिएको बताए।

