Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

मुनाफामा गिरावट आएपछि ‘सेयर बाईब्याक’ गर्दै नोकिया, यो वर्ष पनि चुनौतिपूर्ण हुने

Global IME Bank Limited
मुनाफामा गिरावट आएपछि ‘सेयर बाईब्याक’ गर्दै नोकिया, यो वर्ष पनि चुनौतिपूर्ण हुने
Nabil Bank Limited

काठमाण्डौ । फिनल्याण्डको बहुराष्ट्रिय कम्पनी नोकियाले चालू त्रैमासमा ६५३ करोड डलरबराबरको सेयर बाईब्याक गर्ने जनाएको छ । सन् २०२३ मा कम्पनीको मुनाफामा गिरावट आएसँगै कम्पनीले सेयर बाईब्याकको योजना बनाएको हो ।  

आज कम्पनीको सेयरमा ७ प्रतिशतको वृद्धि देखिएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विश्वको सबैभन्दा ठूलो मोबाइल सञ्जाल सामाग्री निर्माण कम्पनी नोकियाले चौथो त्रैमासमा ५.७ अर्ब युरोबराबरको बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २३ प्रतिशतले कम हो ।  

यस्तै, कम्पनीको तुलनायोग्य सञ्चालन मुनाफा पनि २७ प्रतिशतले घट्दै ८४६ करोड युरोमा सीमित भएको छ । ‘सन् २०२३ मा ग्राहकको रोजाईमा व्यापक परिवर्तन आउनुका साथै ब्याजदर समेत वृद्धि भएको छ । जसको प्रभाव हाम्रो उद्योगमा परेको छ ।’ नोकियाका सीईओ पेक्का लुन्डमार्कले भने ।  

सीईओ पेक्काले कम्पनीको चुनौतिपूर्ण वातावरण सन् २०२४ मा यथावत रहने बताएका छन् ।  

कम्पनीले सन् २०२४ मा तुलनायोग्य सञ्चालन मुनाफा २.३ अर्ब युरो देखि २.९ अर्ब युरोको बीचमा रहने अनुमान गरेको छ ।

 दूरसञ्चार अपरेटरहरुले नेटवर्कको खर्चमा कटौति बढाएपछि नोकियाको व्यवसाय प्रभावित बन्न थालेको छ । भारतको नेक्स्ट जेनेरेशन मोबाइल नेटवर्कमा लगानी खन्याएको नोकियाको व्यवसाय भारतमा केहि वर्ष यतादेखि खस्कदै आएको छ ।  -एजेन्सी

 

 

 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.