Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

ओटीसी मार्केटमा करिब ४ अर्बको सेयर कारोबार, वर्ल्डलिंकको सेयर प्रतिकित्ता ९ हजारमाथि

Hyundai Nepal
ओटीसी मार्केटमा करिब ४ अर्बको सेयर कारोबार, वर्ल्डलिंकको सेयर प्रतिकित्ता ९ हजारमाथि
Nabil Bank Limited

काठमाण्डौ । ओभर दि काउण्टर (ओटीसी) मार्केटमा करिब ४ अर्बको कारोबार भएको छ । नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनासम्म ओटीसी मार्केटमा ३ अर्ब ७० करोड ३० लाख ९० हजार रुपैयाँबराबरको कारोबार भएको हो ।  

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकरण हुन नसकेका तथा सूचीकरण खारेजी भएका कम्पनीहरुको सेयर किनबेच गर्न सकिने बजारलाई ओभर दी काउन्टर (ओटीसी) मार्केट भनिन्छ ।

यो मार्केटमा दलालबिना नै शुक्रबार र सार्वजनिक बिदाको दिनबाहेक बिहान ११ बजेदखि अपराह्न १ बजेसम्म नेप्सेमा कारोबार हुन्छ । सूचीकरण खारेजी भएका कम्पनीको सेयर किनबेच हुने व्यवस्था नभइरहेको अवस्थामा नेप्सेले पहिलोपकट २०६५ साल जेठमा ओटीसी बजार नियमावली, २०६५’ जारी गरेको थियो । उक्त नियमावली अनुसार नेप्सेले स्वचालित कारोबार बाहेक छुट्टै काउन्टर खोली खरिदकर्ता र बिक्रीकर्ताको प्रत्यक्ष सम्पर्कबाट कारोबर गर्ने गर्छ ।  

यस आर्थिक वर्ष २०८०/८१ को १० महिनामा ओटीसी मार्केटमा जम्मा ८३ वटा कम्पनीको सेयर कारोबार भएको छ । यो अवधिमा ८३ वटा कम्पनीको २ करोड ६४ लाख ९४ हजार ६ कित्ता सेयर ३ अर्ब ७० करोड ३० लाख ९० हजार ७२५ रुपैयाँँबराबरको कारोबार भएको छ । यो अबधिमा वर्ल्डलिंक कम्युनिकेशनको सेयर सबैभन्दा धेरै मूल्यमा कारोबार भएको छ । गत साउन ७ गते यो कम्पनीको प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँका दरले १३ हजार ३९२ कित्ता सेयर कुल १२ करोड ५५ लाख ५० हजारमा कारोबार भएको थियो ।  

यसैगरि, काठमाण्डौ फेरेष्ट्रि कलेजको प्रतिकित्ता २६० रुपैयाँका दरले १ हजार ८५ कित्ता सेयर कुल ४ लाख ९८ हजार ७७६ रुपैयाँमा कारोबार भएको थियो ।  

Shivam Cement
Sagarmatha Cement

ओटीसी बजारमा कारोबार हुने प्रक्रिया

लगानीकर्ताले खरदिबिक्री आदेश सेयर दलालमार्फत नभई सिधै ओटीसी मार्केटमा आएर दिन सक्छन् ।    

यसरी हुन्छ सेयर कारोबार

–धितोपत्र बिक्रेताले बिक्री गर्न चाहेको कम्पनीको धितोपत्र सम्भन्धित कम्पनीबाट प्रमाणित गरी आवश्यक कागजपत्रसहित बिक्री आदेश दिन सक्नेछन्।

–प्राप्त आदेशलाई नेप्सेले क्रमअनुसार दर्ता गर्छ।  

–धितोपत्र खरिदकर्ताले खरिद गर्न चाहेको कम्पनीको आदेश भरी दर्ता गराउनुपर्छ र १० प्रतिशत रकम धितोपत्र बजारलाई पेश्कीस्वरुप बुझाउनुपर्छ।  

–प्राप्त आदेशलाई उल्लेखित कम्पनीको नाम तथा धितोपत्र लगानीकर्ताको जानकारीका लागि मूल्य अंकितपाटी (प्राइस कोटिङ बोर्ड) मा उल्लेख गरिन्छ।  

–धितोपत्र बजारले प्राप्त खरिदबिक्री आदेशका आधारमा दर्ताक्रम तथा मूल्यका आधारमा दर्ताक्रम तथा मूल्यलाई आधारमानी मूल्य तथा संख्या घटबढ गर्नुपर्ने हुन्छ।  

–उल्लेखित प्रकियाअनुसार मूल्य तथा संख्या मिलेमा कारोबार हुन्छ। 

राफसाफ

राफसाफका लागि धितोपत्र बोर्डले बिक्रेताले धितोपत्रको प्रमाणपत्र ३ कायदिनभित्र तोकिएको शाखामा पेस गर्नुपर्छ भने खरिदकर्ताले खरिद गरेको धितोपत्रको रकम, नामसारी दस्तुर र त्यति नै दिनभित्र नेप्सेले तोकेको बैंकमा दाखिला गरि सम्बन्धित शाखामा पेस गर्नुपर्छ । यसरी ओटीसी बजारमार्फत नेप्सेमा सूचीकरण हुन नसकेका कम्पनीका सेयर कारोबर हुन्छ ।

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.