Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

बेइजिङ कार्य मञ्च प्रतिवेदनबारे विज्ञ समूहसँग छलफल

Hyundai Nepal
बेइजिङ कार्य मञ्च प्रतिवेदनबारे विज्ञ समूहसँग छलफल
Nabil Bank Limited

काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बेइजिङ कार्य मञ्च (बिपिएफए) बेइजिङ प्लस रिभ्यूको तयारी प्रतिवेदनमाथि विज्ञ समूहसँग छलफल गरेको छ ।

मन्त्रालयले आज एक कार्यक्रमको आयोजना गरी उक्त तयारी प्रतिवेदनमाथि छलफल गरेको हो । त्यस अवसरमा विज्ञ कपिल अर्यालले प्रतिवेदनबारे प्रस्तुतीकरण दिँदै सार्वजनिक सेवामा महिलाहरूको उपस्थिति २८ प्रतिशत पुगेको भन्दै न्यायाधीश हुने महिलाहरूको सङ्ख्या ११ प्रतिशत पुगेको बताए ।

हरेक क्षेत्रमा महिलाको उपस्थिति वृद्धि हुँदै गएको भन्दै उनले केही क्षेत्रमा भने अहिले पनि न्यून रहेको बताए ।

त्यस अवसरमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालविवाहको समस्या अहिले पनि रहेको भन्दै यसको खास समस्या कहाँ छ भनेर पहिचान गर्न आवश्यक रहेको बताइन्। प्रेम विवाह गरिसकेपछि जात, आर्थिक अवस्था लगायतका कुरा नमिल्दा पनि बालबिबाहको मुद्दा पर्ने गरेको कतिपय घटना भएको मन्त्री चौधरीले भनिन् ।

बालिकाहरूलाई महिनावारीको समयमा विशेष ख्याल गर्नुपर्ने अवस्था रहेको भन्दै उनले अपाङ्गता भएका महिलाहरू बढी जोखिममा पर्ने गरेकाले ती महिलाहरूको सुरक्षाका निम्ति विशेष जोड दिनुपर्ने आवश्यकता रहेको औंल्याइन् ।

Shivam Cement
Sagarmatha Cement

प्रतिवेदनमा धेरै कुरा आए पनि प्राप्त सुझावहरू समेटेर प्रतिवेदनलाई थप परिमार्जन गर्न निर्देशन दिँदै मन्त्री चौधरीले राम्रा विषय सँगै कुन क्षेत्रमा बढी समस्या छ भनेर उल्लेख गर्न समेत निर्देशन दिइन् ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव दिनेश भट्टराईले महिला मन्त्रालयको संरचना प्रदेश तथा पालिका तहमा नहुँदा महिलाका समस्याहरू सुनाउने ठाउँ नभएको भन्ने कुरा धेरै उठेको भन्दै कसरी प्रतिवेदनलाई राम्रो बनाउन सकिन्छ भन्ने ती कुरालाई ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै विज्ञ सहभागीहरूले प्रतिवेदनमा संघीय सरकारले गरेका कामका विषयहरू धेरै आए पनि प्रदेश र स्थानीय सरकारले गरेका कामहरू पनि समेट्न सुझाव दिएका थिए । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.