शनिबार, असार २०,२०८३ 08:04:01
Bizshala
  • शनिबार, असार २०,२०८३ 08:04:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ई–सेवाको ब्रान्ड इन्डोर्सरको रूपमा राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आवद्ध

Laxmi Sunrise Bank Limited
ई–सेवाको ब्रान्ड इन्डोर्सरको रूपमा राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आवद्ध

काठमाण्डौ । ई–सेवाले राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई आफ्नो ब्रान्ड इन्डोर्सरको रुपमा आवद्ध गरेको छ।  

प्रिन्स दाहाल, ओलम्पिकमा ब्याडमिन्टन खेल खेल्ने पहिलो नेपाली हुन् । सन् २०१९ मा जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्न सफल भएका प्रिन्सले राष्ट्रिय स्तरमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा पनि आफूलाई अब्बल खेलाडीका रुपमा स्थापित गरिसकेका छन् ।  

ई–सेवाले यसअघि राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो ब्रान्ड इन्डोर्सरको रुपमा आवद्द गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

ई–सेवाको प्रमुख कार्यकारी निर्देशक जगदीश खड्काले, राष्ट्रिय गौरव प्रिन्स दाहालसँग सहकार्य गर्न पाएकोमा हर्ष व्यक्त गर्दै आउने पेरिस ओलम्पिक २०२४ का लागि दाहाललाई शुभकामना दिए । साथै, आगामी दिनहरूमा पनि विभिन्न विधाका खेलाडीहरूलाई निरन्तर प्रोत्साहन तथा आवश्यक सहयोग गर्ने लक्ष्यमा कम्पनी दृढ रहेको खड्काले बताए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.