शनिबार, बैशाख १३,२०८२ 09:26:05
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 09:26:05
IME remit
Global IME Bank Limited

६१ वर्षिय वैज्ञानिक मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित

Hyundai Nepal
६१ वर्षिय वैज्ञानिक मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित
Nabil Bank Limited

काठमाण्डौ । मेक्सिकोले पहिलो महिला राष्ट्रपति पाएको छ । राष्ट्रपतिको दौडको अग्रपंक्तिमा रहेकी क्लाउडिया शेनबाउम ऐतिहासिक जित हासिल गर्दै मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी हुन् ।  

 

मेक्सिको सिटीकी ६१ वर्षीय पूर्व मेयरले आइतवारको चुनावमा ५८ देखि ६० प्रतिशत मत हासिल गर्दै आफ्नो मुख्य प्रतिद्वन्द्वी, व्यवसायी महिला छोचिल्ज गाल्भेजलाई पछि पार्दै मेक्सिकोको नयाँ राष्ट्रपति निर्वाचित भएकी हुन् ।  

शेनबाउमको मोरेना पार्टीले पहिले नै विजय भईसकेको दाबी गरिसकेको छ । तर गाल्भेजले आफ्ना समर्थकहरूलाई आधिकारिक नतिजाहरू पर्खन आग्रह गरेकी छन् ।  

मतदाताहहरु, मेक्सिकोको कांग्रेसका सबै सदस्यहरू र आठ राज्यका गभर्नरहरू, साथै मेक्सिको सिटीको सरकारको प्रमुख पनि चुनावी अभियानमा हिंस्रक हमलाहरूबाट प्रभावित भएका थिए।

निर्वाचनका क्रममा सरकारले मेक्सिकोमा २० भन्दा बढी स्थानीय उम्मेदवारको हत्या भएको जनाएको छ । यद्यपि निजी सर्वेक्षणहरूले कुल ३७ जनाको मत्यु भएको दाबी गरेका छन्।

क्लाउडिया शेनबाउम पूर्व उर्जा वैज्ञानिक हुन् र उनले सन् २०१८ देखि २०२३ सम्म मेक्सिको सिटीको मेयरको रुपमा काम गरेकी थिइन् । उनी वर्तमान राष्ट्रपतिको राजनीतिक समर्थक हुन् । उनले जितपछि प्रतिक्रिया जनाउँदै मतदाताहरुको मत खेर जान नदिने बताएकी छन् । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.