Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

ड्युश बैंकले ३.५ हजार कर्मचारी कटौती गर्ने, सेयरधनीलाई भने १.७ अर्ब डलरबराबरको लाभांश दिने

Global IME Bank Limited
ड्युश बैंकले ३.५ हजार कर्मचारी कटौती गर्ने, सेयरधनीलाई भने १.७ अर्ब डलरबराबरको लाभांश दिने
Nabil Bank Limited

काठमाण्डौ । जर्मनीको सबैभन्दा ठूलो बैंक ड्युश बैंकले ३ हजार ५ सय कर्मचारी कटौती गर्ने भएको छ । बैंकले सन् २०२५ सम्म खर्चलाई २ अर्ब ७० करोड डलरमा घटाउने योजना अनुसार कर्मचारी कटौती गर्ने तयारी गरेको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले खर्च घटाउने लक्ष्यमा प्रगति हुँदै गरेको तर अझै १ अर्ब ७० करोड बचत आवश्यक परेको जनाएको छ । बैंकले यो बचत लक्ष्य प्राप्तिका लािग कामलाई सरलिकुत र स्वचालित बनाउन आवश्यक रहेको जनाएको छ ।  

बैंकको धेरैजसो ब्याक अफिस कार्य गर्ने रोजगारहरु कटौती हुने जनाएको छ । यो कटौती बैंकको विश्वव्यापी कर्मचारीको करीब ४ प्रतिशत हो ।  

सन् २०२३ मा बैंकको कर कटौती गर्नुअघिको नाफा २ प्रतिशतले बढेको बैंकले जनाएको छ । बैंकले गत वर्ष ६ अर्ब १० करोड डलर नाफा कमाएको छ । ज्ुन पछिल्लो १६ वर्ष इतिहासकै सबैभन्दा धेरै हो ।  

तर यो अवधिमा बैंकको खुद नाफा भने १४ प्रतिशतले घटेको छ । यो गिरावटसँगै बैंकको नाफा ५ अर्ब ३० करोड डलरमा सीमित भएको छ । बैंकको कर रकम बढेसँगै खुद नाफामा कमी आएको हो ।  

यो वर्ष पहिलो छ महिनाका लागि बैंकले सेयरधनीहरुलाई लाभांश र सेयर बाईब्याक मार्फत १ अर्ब ७० करोड डलरबराबरको प्रतिफल दिने जनाएको छ ।  

गत जनवरीको सुरुवातमा सिटी बैंकले अबको दुई वर्षभित्र २० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । -एजेन्सी   


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.