Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

गणपति लघुवित्तद्वारा एकदिने सिप विकास तालिम सम्पन्न

Hyundai Nepal
गणपति लघुवित्तद्वारा एकदिने सिप विकास तालिम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । गणपति लघुवित्त वित्तिय संस्थाको बाँसगढी बर्दिया शाखाले एक दिने व्यवसायिक बाख्रा पालन तालिम संचालन गरेको छ । संस्थाले सीप विकास तालिम अन्तर्गत संस्थाका सदस्यहरुको लागि उक्त तालिम सञ्चालन गरेको हो ।

Shivam Cement
Sagarmatha Cement

संस्थामा आबद्ध सदस्यहरुको क्षमता अभिवृद्धी गर्ने उदेश्यले बाख्रा पालन गरिरहेका ३१ जना ग्राहक सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको संस्थाले जनाएको छ ।    

तालिम कार्यक्रमको उद्घाटन संस्थाको तालिम विकास तथा प्रवर्तन विभाग प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि श्री  प्रभुराज थापाले गरेका थिए ।

उक्त एक दिने व्यवसायिक बाख्रा  तालिमको प्रशिक्षण पशु शाखा कार्यालय बाँसगढीका पशु प्राविधिक घनश्याम तिवारीले दिएका थिए । शाखा प्रबन्धक हिक्मत ढकालको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रमको अतिथिमा पशु शाखा कार्यालय बाँसगढीका पशु विकास अधिकृत ठाकुर दयाल साहको समेत उपस्थिति रहेको संस्थाले जनाएको छ ।  

उक्त व्यवसायिक बाख्रा पालन तालिमका सहभागीहरुलाई प्रमाण पत्रको समेत व्यवस्था गरिएको थियो । कार्यक्रमको सञ्चालन तथा सहजीकरण शाखाका सहायक लोकेन्द्र प्रसाद भट्टले गरेका थिए । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.