आईतवार, बैशाख १४,२०८२ 03:16:00
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 03:16:00
IME remit
Global IME Bank Limited

क्रिश्चियन धर्मको मजाक उडाएको भन्दै अमेरिकी कम्पनीले हटायो ओलम्पिकबाट विज्ञापन

Hyundai Nepal
क्रिश्चियन धर्मको मजाक उडाएको भन्दै अमेरिकी कम्पनीले हटायो ओलम्पिकबाट विज्ञापन
Nabil Bank Limited

काठमाण्डौ । क्रिश्चियन धर्मको मजाक उडाएको भन्दै एक अमेरिकी टेक कम्पनीले पेरिस ओलम्पिकबाट विज्ञापन हटाएको छ ।  

अमेरिकाको मिसिसिपीमा आधारित दूरसञ्चार तथा प्राविधिक कम्पनी सी स्पाइरले ओलम्पिकबाट आफ्नो विज्ञापन हटाएको हो । कम्पनीले एक्समा पोष्ट गर्दै चर्चित कलकार लियोनार्दो दा भिन्चीले बनाएको क्रिश्चियन समूदायको महत्वपूर्ण आस्थाको रुपमा रहेको ‘द आस्ट सुपर’ नामक पेन्टिङको विषयमा ओलम्पिकको उद्घाटन समारोहमा मजाक बनाइएको भन्दै विज्ञापन हटाउने निर्णय गरिएको जनाएको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

सन् २०२४ को आलेम्पिक गेम्सको उद्घाटन गत शुक्रबार फ्रान्सको राजधानी पेरिसमा भव्यताका साथ गरिएको थियो । चार घण्टा लामो उद्घाटन समारोहमा ग्लोबल स्टार सेलिन डियोन, निक्कली डल र लेडी गागाजस्ता कलाकारले प्रस्तुती दिएका थिए ।  

उक्त अवसरमा लियोनार्दो दा भिन्चीको चर्चित पेन्टिङ द लास्ट सुपरको एउटा सिन समेत प्रस्तुत गरिएको थियो । जसमा निक्की डल र अन्य कलाकारले जिसस क्राइस्टको सम्झना दिलाउने प्रस्तुती दिएका थिए । जसको विश्वभर चर्चा भईरहेको छ ।  

सी स्पाइरले यो घटनाको विरोध गर्दै विज्ञापन हटाउने निर्णय गरेसँगै मिसिसिपीका गभर्नर टेट रिभ्सले यो कदमको प्रशंसा गरेका छन् । यस्तै अन्य क्रिश्चियन समूहदायका मानिसहरुले समेत यसलाई अपमानजनक घटना भन्दै विरोध गरेका छन् ।    

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.