शनिबार, बैशाख १३,२०८२ 07:34:17
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 07:34:17
IME remit
Global IME Bank Limited

मौद्रिक नीतिपश्चात जापानको सेयर बजारमा पहिरो, अष्ट्रेलियाको बजार भने हालसम्मकै उच्च विन्दुमा

Hyundai Nepal
मौद्रिक नीतिपश्चात जापानको सेयर बजारमा पहिरो, अष्ट्रेलियाको बजार भने हालसम्मकै उच्च विन्दुमा
Nabil Bank Limited

काठमाण्डौ । आज जापानको सेयर बजारमा ब्यापक गिरावट आएको छ । जापानाको निक्की२२५ आज ३.३२ प्रतिशतले घटेको छ । यस्तै टोपिक्स इन्डेक्स पनि ३.७२ प्रतिशतले घटेको छ ।  

हिजो मात्रै मौद्रिक नीति सार्वजनिक गर्दै जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ले ब्याजदर बढाएको थियो । जसको प्रभाव स्वरुप आज जापानको सेयर बजारमा गिरावट आएको छ । जापानको केन्द्रीय बैंकले ब्याजदर ०.२५ प्रतिशतले वृद्धि गरेको छ । जुन सन् २००८ पछिकै उच्च हो । यस कारण बुधबार जापानी येन १ डलरको तुलनामा १५० येनभन्दा तल झरेको थियो । डलरको तुलनामा येन बलियो बन्दै एक डलरको तुलनामा १४८.६१ येन कायम भएको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

जापानका वित्तमन्त्रीले विदेशी विनियममा अवरोधका लागि जुन २७ देखि जुलाई २९ सम्म ३६.८ बिलियन डलर खर्च गरेको बताएका छन् ।  

आज अष्ट्रेलियाको सेयर बजार एस एण्ड पी/एएसएक्स२०० ले हालसम्मकै उच्च विन्दु चुमेको छ । एस एण्ड पी/एएसएक्स२०० इन्डेक्स ०.५२ प्रतिशतले बढेको छ । दक्षिण कोरियाको कोप्सी ०.२६ प्रतिशत र कोस्डाक इन्डेक्स ०.८६ प्रतिशतले बढेको छ । हङकङको हाङ सेङ इन्डेक्स ०.२ प्रतिशतले वृद्धि भएको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.