मंगलवार, श्रावण १२,२०८३ 07:14:35
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 07:14:35
Bizshala
Global IME Bank Limited

एक वर्षको अवधिमा राजस्व छलीमा विभागले हाल्यो ६ अर्ब ५१ करोड १० लाखको मुद्दा

एक वर्षको अवधिमा राजस्व छलीमा विभागले हाल्यो ६ अर्ब ५१ करोड १० लाखको मुद्दा
New Office

काठमाण्डौ। गत आर्थिक वर्ष २०८०/८१ मा साढे ६ अर्ब बराबर राजस्व चुहावट भएको पाइएको छ। राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्ष राजस्व छलीमा २३२ जनालाई प्रतिवादी बनाउँदै १०९ थान मुद्दा दायर गरेको छ। 

विभागले राजस्व चुहावट अन्तर्गत सुुन तस्करी, भन्सार छलेर ल्याइएको सामान र नक्कली भ्याट बिलजस्ता विषयमा अनुसन्धान गरी मुद्दा दायर गरेको र तीमध्ये अधिकांश मुद्दा अहिले विभागमा अनुसन्धानमा रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ।  

विभागले राजस्व चुहावटमा देशभरका उच्च अदालतमा मुद्दा दायर गर्ने गर्दछ। जसमा राजस्व चुहावट तथा विदेशी विनिमयतर्फ ८० थान मुद्दा दायर गरेको छ। 

यसमा सुन तस्करीका केही मुद्दा पनि जोडिएका छन्। सुन तस्करीमा विदेशी नागरिक संलग्न भएको र उक्त रकम विदेशमा भुक्तानी भएको देखिएकाले विदेशी विनिमयमा पनि मुद्दा दायर भएको छ।

यी प्रतिवादीवाट बिगो र जरिवाना गरी ९ अर्ब मागदाबी गरेर अदालतमा अभियोगपत्र दर्ता गरिएको छ। विभागले गत आर्थिक वर्षमा बिगोमार्फत ६ अर्ब ५१ करोड १० लाख र जरिवानातर्फ ७ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ दाबी गरेको छ। 

विभागले यो वर्ष २२ करोड ५५ लाख २५ हजार बराबरको रकम धरौटीमार्फत राजस्व उठाउन सफल भएको छ। विभागको कानुनले ५० लाखभन्दा कम राजस्व चुहावट मुद्दामा धरौटी लिएर रिहा गर्न सक्ने बताइएको छ।  

उक्त अधिकार अन्तर्गत साढे २२ करोड राजस्व सङ्कलन गरेको  विभागले बताएको छ। त्यस्तै राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने ६०० सवारी साधन नियन्त्रणमा लिएको छ। ती सवारी साधानबाट ३ करोड ४६ लाख २६ हजार बिगोसहित माग गरिएको  विभागले  जनाएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.