काठमाण्डौ। विद्युतीय प्लेटफर्ममा बनेको टाटाको विद्युतीय गाडी ‘पन्च ईभी’ नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि टाटा मोर्टर्सको आधिकारिक वितरण सिप्रदी टेडिङ्गले ‘नाडा अटो शो २०२४’ को अवसर पारेर पन्च ईभी सार्वजनिक गरेको हो ।
टाटा पन्च ईभी नेपाली बजारमा तीन वटा भेरियण्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । पन्च ईभी इमपावर्ड प्लस एस एमआर, पन्च ईभी इमपावर्ड एलआर र पन्च ईभी इमपावर्ड प्लस एसएलआर गरि तीन वटा भेरियण्टमा उपलब्ध हुनेछ ।
पन्च ईभी यसअघि नै नेपालमा भित्रिएपनि कम्पनीका सीईओ राजनबाबु श्रेष्ठले नेपाली अटो बजारको मूल्यांकन गरेर वा रोड टेस्ट गरी नाडा अटो शो मा सार्वजनिक गर्ने बताएका थिए ।
पन्च ईभी नेपालको बाटोलाई सुहाउने र कम्फर्ट हुने खालको गाडी रहेको सीइओ श्रेष्ठले दाबी गरे । ‘टाटा मोटर्सका जति पनि प्रोडक्ट छ, त्यसमा ग्राहकहरुले उत्कृष्ट फिचर्स पाउनुहुन्छ, ग्राहकले किन किनेछु भनेर पछुताउनु हुँदैन भन्ने विश्वस्त छु’ उनले भने, ‘एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च ईभीमा रहेको छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका विशेषताहरु यस पन्च ईभीमा पाउनुहुन्छ ।’
साथै पन्च ईभी खरिद गर्दा ग्राहकहरुले चार्जिङ स्टेशन सहित मर्मत सम्भारका लागि समेत उचित व्यवस्था पाउने श्रेष्ठले बताए । ‘टाटा मोटर्सको पन्च ईभी खरिद गर्दा ग्राहकहरुले नेपालको जुनसुकै स्थानमा जाँदा चार्जिङको सुविधा पाउन सक्नुहुनेछ, हामीसँग नेपालभरी २६ वटा चार्जिङ स्टेशन छन्’ उनले भने, ‘यससँगै ब्याट्री लगायत गाडीमा केही समस्या आएमा मर्मत सम्भारका लागि १६ वटा ठाउँमा वर्कशपको व्यवस्था छ, हामीले त्यहिअनुसार जनशक्ति तयार पारेका छौं ।’
यसका साथै नाडा अटो शो अवधिभरी ग्राहकले पन्च इभी खरिद गर्दा वारेन्टी अवधिभरी फ्रि चार्जिङको सुविधा पाउने श्रेष्ठले बताए । ‘हामीले ग्राहकलाई थप सुविधा दिने हेतुले नाडा अटो शो अवधिभरी जति पनि गाडी बुक गर्नु हुन्छ त्यो गाडीलाई वारेन्टी पिरियडभरी चार्जिङ स्टेशनमा फ्रि चार्जिङको सुविधा दिने घोषणा गरेका छौं ।’ उनले भने ।
यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको कम्पनीले जनाएको छ ।
नाडा अटो शो मा टाटा मोटर्सका पन्च इभीका तीनवटा भेरियन्टका इभिहरुको मूल्य पनि सार्वजनिक गरिएको छ । कम्पनीका अनुसार पन्च ईभी इमपावर्ड प्लस एस एमआर को मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
यस्तै, पन्च ईभी इमपावर्ड एलआरको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ र पन्च ईभी इमपावर्ड प्लस एसएलआरको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
पन्च ईभी गाडीमा २५ किलोवाट र ३५ किलोवाट आवरमा दुई ब्याट्री उपलब्ध छन् । कम्पनीका अनुसार २५ किलोवाट आवरको ब्याट्री भएको टाटा पन्च इभिमा ६० किलोवाट पावर र ११४ एनएम टर्क जेनेरेट गर्दछ । पन्च इभिले सिंगल चार्जमा एमआरले ३१५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ भने एलआरले ४२१ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । यसको ग्राउन्ड क्लियरेन्स १९० एमएमको छ ।
कम्पनीका अनुसार एभरआर भेरिन्यटलाई ७।२ किलोवाटको चार्जर मार्फत साढे तीन घण्टामै फुल चार्ज गर्न सकिने छ । यस्तै, अलआरलाई भने साढे पाँच घण्टामा फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फास्ट चार्जर (५० किलोवाट) ले भने करिब ८० प्रतिशतसम्म चार्ज गर्न ५६ मिनेट मात्रै लाग्ने कम्पनीको दावी छ ।
यो गाडीमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टच स्क्रिन र इन्स्टुमेन्ट कलस्टर दिइएको छ भने वायरलेस फोन चार्जर र ३६० डिग्रीको क्यामेरा समेत दिइएको छ। गाडीमा स्वचालित क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ६ वटा एयरब्याग, ब्लाइन्ड स्पट मनिटर जडान गरिएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                