काठमाण्डौ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालको आयोजनामा ‘नाडा अटो शो २०२४’ को आज अन्तिम दिन रहेको छ । नाडाले गत भदौ ११ गतेदेखि सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनीको १६ औं संस्करण ‘नाडा अटो शो २०२४’ आयोजना गरेको थियो ,
उक्त शो काठमाडौको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुदैंछ । जसमा टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स सह–प्रायेजकको रुपमा रहेका छन् । यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ वटा दुई पाङ्गे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनमा राखिएका छन् ।
साथै, लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ ३३ कम्पनी र ७ वित्तीय संस्थाहरुले समेत शो मा सहभागिता जनाएका छन् । कुल मिलाएर, शोमा ९५ प्रदर्शकहरू सहभागी छन् । जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गरिरहेका छन्।
यो शोमा खल्ती टिकेटिङ पार्टनरको रूपमा रहेको छ । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिशन एण्ड म्यानेजमेन्ट सर्भिसेस प्रालि (जेम्स) द्वारा गरिएको छ।
नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीकोको बेला नाडा अटो शो २०२४ ले उद्योगलाई पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रदर्शनीलाई चार पाङ्ग्रे दई पाङ्ग्रे, हल्का व्यावसायिक सवारी साधन अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ । नाडा अटो शो २०२४ ले ६ दिनको अवधिमा करिब ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
टाटाको पञ्च इभीको नाडा अटो शो २०२४ को ४ दिनमा ३२८ युनिट बुकिङ भएको छ । यस्तै स्काईवेलले समेत ९९ वटा गाडीको बुकिङ लिन सफल भएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                