Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

अडानी पुनः१०० अर्ब डलर क्लबमा प्वेश ,भाजपाको बुई चढेर सम्पत्ति आर्जन गरिरहेको आरोप

Hyundai Nepal
अडानी पुनः१०० अर्ब डलर क्लबमा प्वेश ,भाजपाको बुई चढेर सम्पत्ति आर्जन गरिरहेको आरोप
Nabil Bank Limited

काठमाण्डौ । भारतीय धनाढ्य तथा अडानी ग्रुपका मालिक गौतम अडानी एक वर्षपछि पुनः१०० अर्ब डलर क्लबमा प्रवेश गरेका छन् । हिन्डनबर्गको अनुसन्धानको प्रतिवेदन सार्वजनिक भएपश्चात अडानीलाई १०० अर्ब डलर क्लबमा पुनरागमन गर्न एक वर्ष लागेको छ ।  

ब्लुमबर्गको रिपोर्टका अनुसार आज अडानीको नेटवर्थ २.७३ अर्ब डलर बढेर कुल नेटवर्थ १०१ अर्ब डलर पुगेको छ । यसका साथै उनी ब्लूमबर्ग बिलिनियर्सको सूचीमा १२ औँ स्थानमा छन् ।  

Shivam Cement
Sagarmatha Cement

यसका बाबजुत अडानीको सम्पत्ति सन् २०२२ को तुलनामा अझै ५० अर्ब डलर कम छ । सन् २०२२ मा अडानीले जेफ बेजोसलाई उछिन्दै विश्वको दोस्रो धनी व्यक्ति बनेका थिए ।  

हिन्डनवर्गको प्रतिवेदनमा उनलाई सेयर म्यानीपुलेशन गरेको आरोप लगाइएको थियो । जसपश्चात उनको सम्पत्तिमा तीव्र गिरावट आएको थियो । तर गत महिना भारतको उच्च अदालतले यस  विषयमा अडानीलाई सफाई दिएको थियो । 

अडानीले सन् १९८८ मा कमोडिटी व्यापार व्यवसाय स्थापना गर्नु अघि हीरा व्यापारको रुपमा आफ्नो क्यारियर सुरु गरेका थिए ।  जुन पछि कालान्तरमा गएर अदानी इन्टरप्राइजेजमा विकसित भयो। अडानीसँग अहिले कोइलादेखि स्वच्छ ऊर्जा क्षेत्रका कम्पनीसहरु छन् ।  

आलोचकहरू अडानीको पुनरागमन नातावादमा  धेरै निर्भर छ बताउने गरेका छन् । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नजिकको सहयोगीको रूपमा हेरिन्छ।

अडानीले अहिले भारतको सत्तारुढ भारतीय जनता पार्टी(भाजपा)ले विकासलाई प्राथमिकता दिएका क्षेत्रहरूमा आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाईरहेका छन् । भाजपाको सहयोगमा उनले विभिन्न क्षेत्रहरुमा सहज पहुँच पाईरहेको आलोचकहरुले दाबी गर्दै आईरहेका छन् । 

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.