बिहीबार, असार १८,२०८३ 01:28:37
Bizshala
  • बिहीबार, असार १८,२०८३ 01:28:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एशियन होटलले आईपीओ जारी गर्ने

Laxmi Sunrise Bank Limited
एशियन होटलले आईपीओ जारी गर्ने

काठमाण्डौ । भैरहवाको लुम्बिनीमा अवस्थित एशियन होटलले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा डाकेको छ । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी मंसिर ३ गतेका लागि साधारण सभा डाकेको हो ।  

सभा रुपन्देहीमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।  

New Office
CG Motors
Garima Development Bank

सभामा हकप्रद सेयर निष्कासन गर्ने, हकप्रद सेयर निष्कासनका आधारमा हुने पूँजीको आधारमा सञ्चालक समितिको प्रस्ताव बमोजिम कम्पनीको अधिकृत,चुक्ता र जारी पूँजी र चुक्तापूँजी तथा पूँजी संरचना, संस्थापक तथा सर्वसाधारण समूहको सेयर संरचनामा हेरफेर गर्ने र हकप्रद सेयर निष्कासनपश्चात कायम पूँजीको आधारमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा हकप्रद सेयर र आईपीओ निष्कासनका सम्बन्धमा गर्नुपर्ने कार्यहरु तथा साधारण सभाबाट भएका निर्णयको कार्यान्वयनका लागि आवश्यक कुनै थप निर्णय गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनी पब्लिक लिमिटेडमा परिणत भएपश्चात कम्पनीको सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदत तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।  

कम्पनीले आईपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक समेत नियुक्त गरिसकेको छ । कम्पनीले ३५ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने तयारी थालेको छ । यो होटल सन् २०२१ मा स्थापित भएको हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.