Bizshala
  • बुधबार, पुष २३,२०८२ 08:37:44
Bizshala
Global IME Bank Limited

वाणिज्य बैंकहरुको लाभांश घोषणा सुरु, क्षमताअनुसार देलान् त ?

Hyundai Nepal
वाणिज्य बैंकहरुको लाभांश घोषणा सुरु, क्षमताअनुसार देलान् त ?
Shivam Cement

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा लगानी गर्नेहरुका लागि लाभांश सिजन सुरु भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश लाभांश घोषणा गर्न सुरु गरेका छन् ।  

कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट आ–आफ्ना सेयरधनीहरुलाई प्रतिफल बाँड्न वा प्रस्ताव गर्न सुरु गरेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये तुलनात्मक रुपमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले वर्षेनी लगानीकर्ताहरुलाई लाभांश बाँडेका हुन्छन् ।  

लाभांश सिजन सुरु भएसँगै दोस्रो बजारमा लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका सेयर खरिद गर्न थालेका छन् । सूचीकृत अन्य समूहहरु होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी र उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरुको तुलनामा बैंकहरुले वर्षेनी केही प्रतिशत भएपनि लाभांश बाँडेका छन् ।  

CG Motors
Bizshala
Garima Development Bank

यसर्थमा बजारमा वाणिज्य बैंकहरुको सेयरमा लगानी गर्दा जोखिम कम हुने र थोरै भएपनि लाभांश पाउने निश्चित हुने लगानीकर्ताहरु बताउँछन् । वाणिज्य बैंकहरुमा हालसम्म एभरेष्ट बैंकले मात्रै लाभांश घोषणा गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर र ५।५३ प्रतिशत नगद गरी कुल १५।५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।  

तर बैंकले घोषणा गरेको यो लाभांश क्षमताको आधारमा थोरै हो । बैंकको गत आवको वित्तीय विवरणको आधारमा बैंकको लाभांश क्षमता २९.८६ प्रतिशत थियो । तर बैंकले क्षमता भइकन पनि लाभांश आधा घटाएर घोषणा गरेको छ । गत आवमा पनि बैंकले क्षमता भइकन पनि आधा जसो लाभांश घटाएको थियो ।  

गत आवमा बैंकको लाभांश क्षमता ३८.४२ प्रतिशत थियो तर बैंकले २०.५३ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो । बैंकले छुट्याएको वितरणयोग्य मुनाफा सबै नबाँडेर आधा मात्रै लगानीकर्तालाई वितरण गरी आधा मुनाफा बैंकले रिजर्भ फण्डमा राखेको थियो । यसवर्षका लागि पनि बैंकले पुरानै शैली अपनाएको देखिन्छ ।  

त्यस्तै, अन्य बैंकहरुले भने गत आवमा लाभांश क्षमताको आधारमै रहेर लाभांश बाँडेको थियो । नबिल बैंकले गत आवमा ११ प्रतिशत नगद लाभांश बाँडेको थियो । सोही वर्ष बैंकको लाभांश क्षमता पनि ११.७८ प्रतिशत मात्रै थियो । बैंकको यस वर्षका लागि लाभांश क्षमता भने १४.२६ प्रतिशत रहेको छ ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

त्यस्तै, नेपाल एसबिआई बैंकले पनि गत आवमा लाभांश क्षमताको आधारमै लाभांश वितरण गरेको थियो । १०.५८ प्रतिशत क्षमता रहेको बैंकले गत आवमा १०.५५ प्रतिशत लाभांश लगानीकर्तालाई वितरण गरेको थियो । यस वर्षका लागि बैंकको लाभांश क्षमता १०.७६ प्रतिशत रहेको छ ।  

त्यस्तै, माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक र सानिमा बैंकले पनि लाभांश क्षमताकै आधारमा लाभांश बाँडेका थिए । कृषि विकास बैंकले भने लाभांश क्षमता ९।२४ प्रतिशत रहेपनि गत आवमा लगानीकर्ताको हात रित्तो बनाएको थियो ।  

साथै स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि गत आवमा १९ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो । गत आवका लागि बैंकले २८.७५ प्रतिशत लाभांश बाँड्ने क्षमता राखेपनि बैंकले जम्मा १९ प्रतिशत मात्रै लाभांश बाँडेको थियो । यस वर्षका लागि बैंकको लाभांश क्षमता २६.५ प्रतिशत रहेको छ ।  

यदि यस वर्षका लागि पनि बैंकहरुले लाभांश क्षमताकै आधारमा वा हाराहारीमा लाभांश बाँड्ने हो भने अधिकांश बैंकले लाभांश वितरण गर्न सक्नेछन् । तर गत आवको तुलनामा यस वर्ष प्राय सबै बैंकको लाभांश क्षमता भने घटेको छ ।  

१९ वटा वाणिज्य बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, कुमारी बैंक र एनआइसी एशियाले भने यस वर्ष सेयरधनीहरुको हात खाली बनाउनेछ । यी चारवटा बैंकको यस वर्षको लाभाांश क्षमता ऋणात्मक अवस्थामा रहेको छ ।

 

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.