बुधबार, श्रावण ६,२०८३ 06:08:22
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:08:22
Bizshala
Global IME Bank Limited

यामाहा बन्यो प्रधानमन्त्री कपको ‘पावर्ड बाई’ प्रायोजक

यामाहा बन्यो प्रधानमन्त्री कपको ‘पावर्ड बाई’ प्रायोजक
New Office

काठमाण्डौ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ का लागि यामाहाले ‘पावर्ड बाई’ प्रायोजकको रूपमा आफ्नो सहभागिता औपचारिक रूपमा घोषणा गरेको छ। यस सहकार्यले नेपाली घरेलु क्रिकेटलाई थप सुदृढ बनाउने र युवा खेलाडीहरूको मनोबल उच्च बनाउने अपेक्षा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) द्वारा हरेक वर्ष आयोजना गरिने प्रधानमन्त्री कप देशकै प्रतिष्ठित घरेलु क्रिकेट प्रतियोगितामध्ये एक हो। एक महिनासम्म सञ्चालन हुने यस प्रतियोगितामा सातै प्रदेशका टोलीहरूसँगै नेपाल पुलिस, नेपाल आर्मी र एपीएफ क्लब गरी कुल १० टोलीबीच प्रतिस्पर्धा हुने छ। खेलहरू वीरगञ्ज, जनकपुर तथा माथिल्लो र तल्लो मुलपानी मैदानमा आयोजना गरिनेछन्।

यामाहाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रोत्साहनस्वरूप आकर्षक पुरस्कारको व्यवस्था गरेको छ। उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र ‘प्लेयर अफ द म्याच’ घोषित हुने खेलाडीलाई जनही एक–एक वटा यामाहा सलुटो मोटरसाइकल प्रदान गरिने जनाइएको छ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले यस सहकार्यप्रति खुसी व्यक्त गर्दै भने, ‘यामाहाको सहभागिताले घरेलु क्रिकेटलाई थप मजबुत बनाउनेछ र खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न थप प्रेरणा मिल्नेछ।’

एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले प्रधानमन्त्री कपजस्तो प्रतियोगितालाई समर्थन गर्न पाउँदा गर्व लागेको बताउँदै खेलमार्फत विकास र उत्कृष्टताको सन्देश फैलाउन यस्ता मञ्च महत्वपूर्ण हुने उल्लेख गरे।

त्यसैगरी, एमएडब्लू ग्रुपका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले यामाहा सधैं सपनाको शक्तिमा विश्वास गर्ने ब्रान्ड भएको उल्लेख गर्दै प्रधानमन्त्री कप भविष्यका क्रिकेट स्टार जन्माउने महत्वपूर्ण प्लेटफर्म भएको बताए।

यामाहाले देशभरका क्रिकेटप्रेमीहरूलाई प्रतियोगितामा सहभागी भई खेलाडीहरूलाई उत्साह प्रदान गर्न आह्वान गरेको छ। यस वर्षको संस्करण अघिल्ला संस्करणहरूभन्दा अझ भव्य, प्रतिस्पर्धात्मक र प्रेरणादायी हुने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.