शनिबार, जेष्ठ ९,२०८३ 09:17:54
Bizshala
  • शनिबार, जेष्ठ ९,२०८३ 09:17:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुलभ अग्रवाललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Laxmi Sunrise Bank Limited
सुलभ अग्रवाललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Shivam Cement

काठमाण्डौ । शंकर ग्रुपसँग आबद्ध व्यवसायी सुलभ अग्रवालमाथि अनुसन्धान जारी राख्न अदालतले थप समय दिएको छ। जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पाँच दिनको म्याद थप गर्न अनुमति दिएको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा पक्राउ परेका अग्रवाललाई आइतबार नियन्त्रणमा लिइएको थियो। अनुसन्धानका लागि समय आवश्यक भएको भन्दै सरकारी पक्षले माग गरेपछि अदालतले म्याद थप गरेको अदालत स्रोतले जनाएको छ।

Bizshala
New Office
CG Motors

अहिले उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले विस्तृत अनुसन्धान गरिरहेको छ। यसअघि पनि २०७६ सालमा स्वास्थ्य सामग्री थर्मल गन महँगो मूल्यमा बिक्री गर्न खोजेको आरोपमा उनी विवादमा तानिएका थिए। सो प्रकरणमा पक्राउ परेपछि उनी तारेखमा छुटेका थिए।

यस घटनाक्रमअघि नै शंकर ग्रुपकै अध्यक्ष शंकरलाल अग्रवाललाई समेत नियन्त्रणमा लिइएको थियो। तर, बयान सकिएपछि उनलाई रिहा गरिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

नेपालका स्थापित व्यावसायिक समूहहरूमध्ये एक मानिने शंकर ग्रुपले स्टिल उद्योगबाट सुरु गरेर सिमेन्ट, जलविद्युत् र उपभोक्ता सामग्रीसम्म आफ्नो लगानी विस्तार गरेको छ। यसको प्रमुख कम्पनी जगदम्बा स्टिल हो।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.