Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

राष्ट्र बैंकको अर्धबार्षिक समीक्षाप्रति यस्तो छ जानकारहरुको धारणा, के थियो अपेक्षा कस्तो आयो समीक्षा ?

Global IME Bank Limited
राष्ट्र बैंकको अर्धबार्षिक समीक्षाप्रति यस्तो छ जानकारहरुको धारणा, के थियो अपेक्षा कस्तो आयो समीक्षा ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ  । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक भएसँगै पूँजीबजारमा यसले पार्ने प्रभाव र यसले सेयर बजारलाई कतातर्फ डोर्याउला भन्ने चर्चा हुन थालेको छ ।  

पूँजीबजार तथा अन्य क्षेत्रले चासोका साथ हेरेको राष्ट्र बैंकको अर्धबार्षिक समीक्षा हरेक त्रैमासमा आउने नियमित समीक्षा हो । यसमा राष्ट्र बैंकले लिएको नीतिमा समीक्षा गर्दै केही हेरफेर  पनि गर्ने लगानीकर्ताले अपेक्षा गर्ने गर्छन् । 

लगानीकर्ताहरुले पूँंजीबजारमा हाल राष्ट्र बैकले लगाएको १५ र २० करोडको क्याप हट्ने तथा सेयर धितो कर्जामा जोखिम भार घट्ने र  चालु पूँजी कर्जामा केही लचक हुने र संस्थाहरुलाई पूँजीबजारमा लगानी सहज गर्ने नीति आउने अपेक्षा गरेका थिए ।  हाल १८ खर्ब विदेशी मुद्राको सञ्चिती र साढे ६ खर्ब रुपैयाँ बैंक तथा वित्तीय क्षेत्रमा तरलता रहेको अबस्थामा नेपाल राष्ट्र बैंकले अर्ध बार्षिक समीक्षा गरेको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसी राम ढकालले राष्ट्र बैंकले यस अघि आफुहरुले राखेका माग सम्बोधन गरेको बताए । तर यस पाली लगानीकर्ताहरुले अपेक्षा गरे जस्तो प्रत्यक्ष रुपमा भने राष्ट्र बैंकले पूँजीबजारका लागि केहि नगरेरको उनले स्वीकार गरे । यद्यपी पूँजी बजारका लागि नराम्रो नआएको र क्रमिक रुपमा सुधार हुँदै जाने पनि उनले अपेक्षा राखे ।  

‘हामी हाम्रा मागमा अडिग छौ । अहिले नै लगानीकर्ता साथिहरु हतास हुनु पर्ने कारण केहिपनि छैन । ब्याजदर निकै तल्लो विन्दुमा छ । कृषि तथा घरलु कर्जालाई सहज गरेको छ । केही अप्ठ्यारो परेका बैंकहरुलाई पूँजीकोषमा पनि सहज व्यवस्था गरेको छ ।’उनले भने ।

अर्थशास्त्री सूर्यनारायण पौडेलले अर्धबार्षिक समीक्षामा प्रत्यक्ष रुपमा सेयर बजारलाई  फाइदा पुग्ने केही नआएको भएता पनि अप्रत्यक्ष रुपमा भने सहयोग गरेको बताए । ‘समीक्षाले बैंकहरुको कर्जा निक्षेप अनुपातमा केही खुकुलो गरेको कारण ३० अर्बभन्दा बढी लगानी गर्ने क्षमता बढ्छ । बैंकहरुले बढी भएको पैसा ३ प्रतिशत ब्याजमा बैंकमा राख्न पाउने ब्यवस्था गरेको छ ।’ उनले भने,‘ बाहिर चर्चामा आए जस्तो यो पैसामा बैंकहरुले राष्ट्र बैंकबाट  एफडी को रेट पाउने  भने होइन । यद्यपी समीक्षाले लगानीकर्ताहरुले अपेक्षा गरे जस्तो जोखिम भार तथा हालको १५–२० करोडको  क्यापमा कुनै परिवर्तन गरेको छैन ।’

समीक्षामा कृषी तथा घरेलु कर्जामा भने केही सहज गरेको पौडेलले बताए ।  

यस्तै उत्पादनशिल क्षेत्रमा जाने कर्जामा १०० प्रतिशतको ठाँउमा ७५ प्रतिशत बनाएको पनि उनले बताए । यस्तो कर्जा यस अघि १ करोड सम्म भएकोमा हाल २ करोड सम्म व्यवस्था गरिएको छ ।  बैंकहरुको पूँजीकोषलाई भने केही सहज गरेको पनि उनले बताए ।  

त्यसै गरि बजार जानकार मुक्ति अर्यालले मौद्रिक नीतिको समीक्षाले नराम्रो केही नगरेको बताए । घरेलु तथा कृषि कर्जामा केही सहज गरेको छ । केही अप्ठ्यारो परेका बैंकहरुको पूँजीकोष सहज गरेको छ । यसले बैंकहरुलाई कर्जा दिन सहज गर्ने छ ।  संस्था र ब्याक्तिको मुद्दती निक्षेप अन्तर २ प्रतिशतबाट एक प्रतिशत आउनुले अब बैंकहरुको आधार दर घट्ने क्रम घटेको पनि उनले बताए । यद्दपी पूँजीबजारका लगानीकर्ताहरुले आसा गरेको ठाँउमा भने समीक्षाले केही नगेरको उनले बताए ।  

अर्का बजार जानकार गोबिन्द प्रसाद घिमिरेले व्यक्तिगत र संस्थागत ब्याजदर अन्तर एक प्रतिशत मात्रै राख्नुले ब्याजदरमा भने केही फरक नपर्ने बताए । ब्याजदर निकै घटेको कारण राष्ट्र बैंकले यस्तो व्यबस्था गरेको हुनसक्ने उनले बताए । उनले अहिले नै ब्याजदर बढी हाल्ने अबस्था भने नरहेको बताए ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.