मंगलवार, असार १७,२०८२ 02:00:39
  • मंगलवार, असार १७,२०८२ 02:00:39
Global IME Bank Limited

नेप्सेको चार्टमा बन्यो वियरिस मारुबुजु क्याण्डल, कति–कतिमा छ बलियो सपोर्ट ?

Hyundai Nepal
नेप्सेको चार्टमा बन्यो  वियरिस मारुबुजु क्याण्डल, कति–कतिमा छ बलियो सपोर्ट ?
Nabil Bank Limited

काठमाण्डौ । आज बजारमा दिनभर जसो नै गिरावट देखियो । अन्त्यमा बजार ३० अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार भने बढेको छ । घट्दो बजारमा कारोबार बढ्नुलाई खासै राम्रो मान्न सकिदैन ।

प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा नेप्सेको चार्टमा आज वियरिस मारुबुजु क्याण्डल बनेको छ । आज बनेको क्याण्डललाई अघिल्लो दिनको क्याण्डलसंग मिलाएर हेर्दा आज वियरिस इन्गल्फिङ प्याट्रन पनि बनेको छ । यदि अघिल्लो हरियो क्याण्डललाई पछिल्लो रातो क्याण्डलले पुरै ढाक्छ भने त्यसलाई वियरिस इन्गल्फिङ प्याट्रन  भनिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बोलिङगर ब्याण्ड मार्फत आजको बजारलाई हेर्दा बजारले यस अघि मध्य ब्यान्डमा ५ पल्ट भन्दा बढी प्रतिरोध सामाना गरेर बजार तल खसेको छ । म्याक्डी मार्फत बजारलाई नियाल्दा केही समय पहिले बनेको वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ र लामा लामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोनबाट खसेर हाल ४७ को तहमा ‘M ’ आकार बनाएको छ ।  

समग्रमा तीनवटै इन्डिकेटरबाट हेर्दा हाल मध्य ब्यान्डमा प्रतिरोध सामना गरेर खसेको बजार तल्लो ब्याण्ड सम्म आउन सक्ने देखिन्छ । आज २०७० मा बन्द भएको बजार आगामी दिनमा पनि घट्छ भने अबको पहिलो बलियो सपोर्ट २०६० मा लिन सक्ने देखिन्छ । 

यदि त्यहाँबाट पनि तल खस्छ भने बजारले २०२५ र त्यहाँबाट पनि अझै  तल खसेमा १९८० आसपास सपोर्ट लिन सक्छ । यदि बजार बढेमा भने क्रमश ः २१०८,२१३० र २१७५ मा प्रतिरोधको सामाना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.