शनिबार, असार २०,२०८३ 08:00:14
Bizshala
  • शनिबार, असार २०,२०८३ 08:00:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

काठमाण्डौमा घर जित्ने भाग्यशाली विजेता मंसिर १२ गते घोषणा हुने

Laxmi Sunrise Bank Limited
काठमाण्डौमा घर जित्ने भाग्यशाली विजेता मंसिर १२ गते घोषणा हुने

काठमाण्डौ । ई–सेवाको ‘मेरो डिजिटल देश’अभियानअन्तर्गत काठमाण्डौमामा घर जित्ने भाग्यशाली विजेताको घोषणा मंसिर १२ गते हुने भएको छ। यो घोषणा कान्तिपुर टेलिभिजन, फेसबुक र युट्युबमा प्रत्यक्ष प्रसारण गरिनुका साथै, ई–सेवा मनि ट्रान्सफर र ई–सेवाको आधिकारिक फेसबुक पेजमार्फत पनि प्रत्यक्ष हेर्न सकिनेछ।

ई–सेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स र सुरक्षित कारोवारलाई प्रोत्साहन गर्नेहेतुका साथ दुई वर्षअघि सुरु गरेको यो अभियानले १४ महिनाअघि ( २०८० असोज १ गते  पुनःनिरन्तरता पाउँदै काठमाण्डौमा घर उपहार दिने विशेष योजना सार्वजनिक गरेको थियो।

New Office
CG Motors
Garima Development Bank

सो योजनाअन्तर्गत, विदेशबाट ई–सेवा मनि ट्रान्सफरमार्फत ई–सेवा वालेटमा रेमिट्यान्स पठाउने सेवाग्राहीहरुमध्ये एकजना भाग्यशाली विजेताले काठमाण्डौमा घर जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन। यो अवधिभर, १० जना भाग्यशाली विजेताले आफुले पठाएको रकम दोब्बर गरिसकेका छन भने ४ परिवारले विशेष सरप्राइज पुरस्कार पनि प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ई–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले भने, ‘मेरो डिजिटल देश’ अभियानद्वारा हामीले देश तथा विदेशमा रहनुभएका नेपालीहरूको अनुहारमा खुसी ल्याउने सानो प्रयास गर्यौँर यसै क्रममा हामी अहिले काठमाण्डौमा घर जित्ने भाग्यशाली विजेताको पर्खाइमा छौ। हाम्रो यो योजनाको मुख्य उद्देश्य भनेको सहज र सुरक्षित तवरले डिजिटल माध्यमबाट तपाईंहरूले पठाउनुभएको माया घरसम्म पुर्याउनु हो।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.