आईतवार, असार ८,२०८२ 09:12:24
  • आईतवार, असार ८,२०८२ 09:12:24
Global IME Bank Limited

एभरेष्ट भेन्चर्सले सेयर बजारमा लगानी बढाउने

Hyundai Nepal
एभरेष्ट भेन्चर्सले सेयर बजारमा लगानी बढाउने
Nabil Bank Limited

काठमाण्डौ । पूँजी बजारमा लगानी गर्दै आएकाहरुले स्थापना गरेको लगानी कम्पनी एभरेष्ट भेन्चर्स लिमिटेडले प्रथम वार्षिक साधारण सभा सम्पन्न गरी नयाँ सञ्चालक समिति चयन गरेको छ ।

 काठमाण्डौको कमलपोखरीमा शनिबार आयोजित साधारण सभाले डिल्लीराम बसेल, नयन बास्तोला, बासुदेव खरेल, केवलप्रसाद फुँयाल र भुपाल चालिसे रहेको पाँच सदस्यीय सञ्चालक समिति चयन गरेको हो । साधारण सभा लगत्तै बसेको सञ्चालक समितिको बैठकले डिल्लीराम बसेललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको साधारणसभाले विभिन्न वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन समेत गरेको छ । कम्पनीले तत्कालका लागि धितोपत्र बजारमा लगानी बढाएर सेयरधनीलाई आउने वर्ष राम्रो प्रतिफल दिने अठोट गरेको छ ।

५० करोड जारी पूँजी रहेको कम्पनीमा ३५ करोड रुपैयाँ संस्थापक लगानी रहने र जारी पूँजीको ३० प्रतिशत अर्थात  १५ करोड बराबरको सेयर सर्वसाधारणमा जारी गरिने बताईएको छ । कम्पनी अधिकृत पूँजी भने २ अर्ब रहेको छ । कम्पनीले निकट भविष्यमा आफ्नो पूँजी बढाएर लगानीको दायरा फराकिलो बनाउने रणनीति लिएको अध्यक्ष बसेलले बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा सेयर बजारका लगानीकर्ता तिलक कोइराला छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.