आईतवार, चैत्र २२,२०८२ 08:21:59
Bizshala
  • आईतवार, चैत्र २२,२०८२ 08:21:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘गरिमा सुवर्ण योजना’को इकाई बाँडफाँड सम्पन्न

Bizshala
‘गरिमा सुवर्ण योजना’को इकाई बाँडफाँड सम्पन्न
Shivam Cement

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्व एवं व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोष ‘गरिमा म्युचुअल फण्ड’ अन्तर्गतको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’को इकाई बाँडफाँड सम्पन्न भएको छ।

उक्त योजनाअन्तर्गत प्रतिइकाई मूल्य रु. १० का दरले कुल १० करोड इकाईमध्ये पहिलो चरणमा ५ करोड इकाईका लागि २०८२ फागुन २८ गतेदेखि चैत ११ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिएको थियो। सो अवधिमा बीजपूँजीसहित १ लाख ६ हजार ७९४ जना आवेदकबाट ७१ करोड ५७ लाख ८३ हजार २ सय रुपैयाँबराबरको ७ करोड १५ लाख ७८ हजार ३२० इकाई खरिदका लागि आवेदन प्राप्त भएको थियो, जुन माग गरिएको परिमाणभन्दा बढी हो।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

प्राप्त आवेदनमध्ये १७० आवेदकका ४१ हजार इकाई बराबरका आवेदन रीतपूर्वक नभएकाले बाँडफाँड प्रक्रियामा समावेश गरिएको छैन। बाँकी १ लाख ६ हजार ६२४ आवेदकबाट रीतपूर्वक माग गरिएको ७१ करोड ५३ लाख ७३ हजार २ सय रुपैयाँ बराबरको ७ करोड १५ लाख ३७ हजार ३२० इकाई माग बमोजिम नै बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल धितोपत्र बोर्डबाट १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई सार्वजनिक निष्काशनका लागि स्वीकृति प्राप्त भएको यस योजनामा पहिलो चरणमा ५ करोड इकाईका लागि मात्र आवेदन आह्वान गरिएको थियो। खुलामुखी योजना भएकाले ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४’ बमोजिम योग्य सम्पूर्ण आवेदकलाई माग गरेअनुसार नै इकाई प्रदान गरिएको हो।

यो योजना खुलामुखी प्रकृतिको भएकाले नेपाल स्टक एक्सचेञ्जमार्फत प्रत्यक्ष कारोबार गर्न मिल्ने छैन। बाँडफाँड मितिबाट तीन महिनापछि योजनाको इकाई नियमित खरिद–बिक्री (एसआईपीसमेत) गर्न मिल्ने गरी सञ्चालनमा ल्याइने जनाइएको छ।

यस निष्काशन कार्यमा सहयोग पुर्‍याउने नियामक निकाय, वित्तीय संस्थाहरू, सि–आस्बा सदस्य बैंक तथा अन्य सरोकारवालाप्रति कम्पनीले आभार व्यक्त गरेको छ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.