गरिमा सुवर्ण योजनाको इकाई खरिद गर्ने आज अन्तिम दिन
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको ‘गरिमा सुवर्ण योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले फागुन २८ गतेदेखि यस योजना निष्कासनमा ल्याएको हो । क्यापिटलको यो पहिलो खुलामुखी योजना हो । सो योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ । यद्यपि, क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याएको हो । निष्कासन गरिएको कुल...

