काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा दुई म्युचुअल फण्ड निष्कासनको अनुमति माग भएको छ । बोर्डमा म्युचुअल फण्ड निष्कासनको अनुमति माग गर्दै नेपाल लाइफ क्यापिटल र गरिमा क्यापिटलले आवेदन दिएका हुन् ।
नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफले १ अर्ब ६० करोड रुपैयाँबराबरको रु.१० अंकित दरका १६ करोड इकाई निष्कासनको अनुमति माग गरेको छ । कम्पनीले यसका लागि धितोपत्र बोर्डमा मंसिर ९ गते आवेदन दिएको छ । कम्पनीले जारी गर्ने म्युचुअल फण्डको नाम ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ रहेको छ । यो बन्दमुखी योजना हो ।
त्यस्तै, गरिमा क्यापिटलले पनि ‘गरिमा सुवर्ण योजना’नामक म्युचुअल फण्ड निष्कासनको अनुमति माग गर्दै कात्तिक २८ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ अर्ब रुपैयाँबराबरको रु.१० अंकित दरका १० करोड इकाई निष्कासनका लागि स्वीकृती माग गरेको छ । यो खुलामुखी योजना हो ।

