काठमाण्डौ । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘गरिमा समृद्धि योजना’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । गरिमा विकास बैंक कोष प्रवद्धक र गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन गत पुस ७ गतेदेखि खुला गरिएको थियो ।
प्रति इकाइ मुल्य रु।१० दरको १० करोड इकाइमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १० लाख इकाई यानेजना व्यवस्थापक गरिमा क्यापिल,१४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवद्धक गरिमा विकास बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु९आस्वा सदस्य० का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यो बन्दमुखि योजना हो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (1)(1).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (260).jpg) 
                                        .jpg) 
                                        .png) 
                                        .jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                