आईतवार, चैत्र २२,२०८२ 11:10:57
Bizshala
  • आईतवार, चैत्र २२,२०८२ 11:10:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नयाँ सरकार, पुरानै बाटो: ऋण थप्ने सुरुवात

Bizshala
नयाँ सरकार, पुरानै बाटो: ऋण थप्ने सुरुवात
Shivam Cement

काठमाण्डौ । सरकारले डिजिटल रूपान्तरण र वित्तीय पहुँच विस्तारका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट ठूलो परिमाणमा सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को २२ गते बसेको बैठकले एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकबाट कुल करिब १८५ मिलियन अमेरिकी डलर (साढे १८ करोड डलर) बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

यसअन्तर्गत ‘डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट’ कार्यान्वयनका लागि एडीबीबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर गरी ९० मिलियन डलर ऋण लिइनेछ।

त्यस्तै, ‘दिगो तथा समावेशी वित्त परियोजना’ का लागि विश्व बैंकबाट थप ९५ मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकृत गरिएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यी सबै ऋण हालको विनिमयदरअनुसार करिब २८ अर्ब रुपैयाँ बराबर हुने जनाइएको छ। सरकारले यस ऋणलाई डिजिटल पूर्वाधार विकास, वित्तीय समावेशीकरण विस्तार र आर्थिक गतिविधि सुदृढ बनाउन प्रयोग गर्ने अपेक्षा गरिएको छ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.