शुक्रबार, जेष्ठ १,२०८३ 03:35:10
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:35:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिटिजन्स बैंकले पायो ‘बैंक अफ द इयर २०२४’ अवार्ड

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंकले पायो ‘बैंक अफ द इयर २०२४’ अवार्ड
Shivam Cement

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘बैंक अफ द इयर २०२४’ अवार्ड प्राप्त गरेको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘द बैंकरले सिटिजन्स बैंकलाई सन् २०२४ का लागि ‘बैंक अफ द इयर’ अवार्ड प्रदान गरेको हो ।  

द बैंकरले उक्त अवार्ड लण्डनमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष प्रवलजंङ्ग पाण्डे र प्रमुख कार्यकारी अधिकृत(सीईओ) गणेशराज पोखरललाई प्रदान गरेको छ ।  

Bizshala
New Office
CG Motors

सिटिजन्स बैंकले ल्याएको विभिन्न आधुनिक बैंकिङ प्रडक्ट, रिटेल बैंकिङ क्षेत्रमा बैंकले ग्राहकको सेवा सुविधाप्रति देखाएको प्रतिवद्धता र ग्रामिण,मध्यम तथा साना व्यवसायीलाई उकास्न गरेको प्रयासहरुको लागि उक्त अवार्ड प्रदान गरिएको द बैंकरले जनाएको छ ।  

सिटिजन्स बैंक इन्टरनेशनलले डिजिटल बैंकिङ ग्राहकहरुको संख्या वृद्धि भएसँगै बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा भर्चुअल क्रेडिट कार्ड ल्याएको छ । नेपाली बैंकिङ क्षेत्रको लागि पहिलो यो कार्ड बैंकको मोबाइल एप मार्फत उपलब्ध छ र पहुँच प्रदान गर्ने बित्तिकै प्रयोग गर्न उपलब्ध छ। एप मार्फत ग्राहकले आफ्नो सुविधा अनुसार लेनदेन हेर्न र फ्रिज तथा अनफ्रिज गर्न सक्नेछन् ।

नेपालको उच्च प्रतिस्पर्धात्मक खुद्रा बैंकिङ क्षेत्रमा व्यक्तिगत ग्राहकहरूलाई आकर्षित गर्न बैंकले नागरिक स्वास्थ्य र सम्पत्ति बचत खाता सुरु गरेको छ। अनुकूल ब्याजदर र डेबिट कार्ड सहित बैंकिङ सेवाहरू प्रदान गर्नुका साथै खाताले निःशुल्क स्वास्थ्य लाभहरू प्रदान गर्दछ। यसमा पूर्ण–शरीर परामर्श भएको द बैंकरले जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

बैंकले नेपाल राष्ट्र बैंक, जर्मनीको केएफडब्लु डेभलपमेन्ट बैंक र अर्थ मन्त्रालयको सहकार्यमा ग्रामीण तथा अर्धशहरी क्षेत्रमा दिगो आर्थिक विकास –एमएसएमई फाइनान्स फेज थर्ड परियोजना मार्फत ग्रामीण लघु, साना र मझौला उद्यमहरूलाई सहयोग पुर्‍याउँदै आएको छ।  

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल भन्छन्, ‘प्रविधिको विकासले बैंकिङ क्षेत्रमा ग्राहकको अनुभवलाई पुनः परिभाषित गरेको छ । हाम्रो बैंकले सेवा प्रवाह र कार्य प्रक्रिया दुवैमा अत्याधुनिक प्राविधिक आविष्कारहरू अबलम्बन गरेको छ । यसले ग्राहक केन्द्रीत सेवाप्रतिको हाम्रो प्रतिबद्धता र आधुनिक बैंकिङ समाधानलाई झल्काएको छ ।’ 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X