मंगलवार, असार ३,२०८२ 07:43:43
  • मंगलवार, असार ३,२०८२ 07:43:43
Global IME Bank Limited

आयल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस

Hyundai Nepal
आयल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस
Nabil Bank Limited

काठमाण्डौ । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम अन्तिम सिफारिसमा परेको छ । उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै ३ जनाको नाम अन्तिम सिफारिसमा परेको जनाएको हो ।  

मन्त्रालयका अनुसारसिफारिसमा पर्नेमा चण्डिकाप्रसाद भट्ट, डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनी रहेका छन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रिक्त रहेको निगमको कार्यकारी निर्देशक पदका लागि गत पुस ७ गते दरखास्त आह्वान गरिएको थियो । उक्त दरखास्त स्वीकृत उम्मेदवारमध्ये कार्यकारी निर्देशक छनौटका लागि सिफारिस समितिको फागुन ५ गतेको निर्णयअनुसार सबैभन्दा बढी अंकप्राप्त गर्ने तीनजनाको नाम सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।  

निगमको तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि निगम कार्यकारी निर्देशकविहिन अवस्थामा छ । कार्यकारी निर्देशकका लागि १४ जनाको आवेदन परेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.