काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३९.७६ रुपैयाँ र बिक्रीदर १४०.३६ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १६२.०९ रुपैयाँ र बिक्रीदर १६२.७८ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८७.४३ रुपैयाँ र बिक्रीदर १८८.२४ रुपैयाँ कायम छ ।
आज १० जापानी येनको खरिददर ९.४० रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.०५ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.४७ रुपैयाँ र बिक्रीदर १९.५५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.०६ रुपैयाँ र बिक्रीदर ३३.२० रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.३५ रुपैयाँ र बिक्रीदर ३८.५१ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०५ रुपैयाँ र बिक्रीदर १०.०९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५६.७९ रुपैयाँ र बिक्रीदर ४५८.७५ रुपैयाँ कायम भएको छ ।