शनिबार, श्रावण २,२०८३ 08:56:19
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:56:19
Bizshala
Global IME Bank Limited

टिकटकले नेपालमा हटायो १९.६१ लाख भिडियो

टिकटकले नेपालमा हटायो १९.६१ लाख भिडियो
New Office

काठमाण्डौ । टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै सन् २०२६ को पहिलो त्रैमासिक ९जनवरी(मार्च० को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनमा जनवरीदेखि मार्च २०२६ सम्म टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्टलाई पहिचान गरी हटाउन अपनाएका सक्रिय कदमहरूको विवरण समेटिएको छ, जसले विश्वभरका प्रयोगकर्ताका लागि सकारात्मक अनुभव सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

सन् २०२६ को पहिलो त्रैमासिकमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका १९ लाख ६१ हजार ६९८ वटा भिडियो हटाइएको छ। यो अवधिमा प्रकाशित भएका कुल भिडियोमध्ये करिब ०.४ प्रतिशत भिडियो हटाइएको हो।

जनवरीदेखि मार्च २०२६ सम्म कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्टलाई सक्रिय रूपमा हटाउने दर ९९.२ प्रतिशत रहेको थियो, जसमध्ये ८६.५ प्रतिशत भिडियो पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको थियो। यसै अवधिमा नेपालमा ६१ हजार ९९२ वटा भिडियो थप समीक्षापछि पुनःस्थापित गरिएको थियो।

विश्वव्यापी रूपमा हेर्दा, यस अवधिमा टिकटकले १८४ मिलियन वटा भिडियो हटाएको छ, जुन प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५ प्रतिशत हो। हटाइएका भिडियोमध्ये १ करोड ७८ लाख १४ हजार १५४ वटा भिडियो अटोमेटेड डिटेक्सन प्रविधिमार्फत पहिचान गरी हटाइएको थियो भने थप समीक्षापछि ८८ लाख ३८ हजार ७१०  वटा भिडियो पुनःस्थापित गरिएको थियो।

यस अवधिमा कन्टेन्टलाई सक्रिय रूपमा हटाउने दर ९९.३ प्रतिशत पुगेको थियो भने फ्ल्याग गरिएका कन्टेन्टमध्ये ९४.४ प्रतिशत पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको थियो। टिकटकको विश्वसनीयता कायम राख्ने प्रयासअन्तर्गत यस त्रैमासिकमा ८ करोड ६२ लाख  ८८ हजार ७०५ वटा फेक एकाउन्ट हटाइएका छन्। साथै, १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंका गरिएका २ करोड ५७ लाख ६४ हजार ३७२  वटा एकाउन्ट पनि हटाइएको छ।

प्रतिवेदनले टिकटकको कन्टेन्ट मोडेरेसन प्रणाली निरन्तर विकसित हुँदै गएको देखाएको छ। अहिले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने अधिकांश कन्टेन्ट अटोमेसन प्रविधिमार्फत पहिचान गरी हटाइँदै आएको छ।

प्रतिवेदनमा विभिन्न प्रकारका कन्टेन्टमाथिको कार्यान्वयन प्रवृत्तिबारे पनि जानकारी दिइएको छ। भिडियो हटाउने दर ०.५ प्रतिशतमा स्थिर रहँदा कमेन्ट हटाउने दर घट्दै करिब ०.२ प्रतिशतमा पुगेको छ। यसैबीच, टिकटक लाइभमा हुने गतिविधिमाथिको निगरानी थप कडा बनाइएको छ। लाइभ प्रसारण सस्पेन्सन दर बढेर २.७ प्रतिशत पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो। यसले प्रत्यक्ष प्रसारणका क्रममा पनि सुरक्षित वातावरण कायम राख्न टिकटकले गरेको निरन्तर लगानीलाई प्रतिबिम्बित गर्छ।

यस अवधिमा टिकटकले ५ करोड ८२ लाख ७ हजार ३८९ वटा लाइभ सेसनमा चेतावनी दिने वा मनिटाइजेसन बन्द गर्ने कारबाही गरेको छ। साथै २ करोड १९ लाख ६६ हजार ६६७ जना लाइभ क्रियटरमाथि पनि यस्तै कारबाही गरिएको थियो। थप समीक्षापछि ४१ लाख ७१ हजार ६७७  वटा लाइभ सेसन पुनःस्थापित गरिएको थियो।

कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट नियमित रूपमा सार्वजनिक गर्दै आएको टिकटकले कन्टेन्ट तथा एकाउन्ट माथि गरिएका कारबाहीको परिमाण र प्रकृतिबारे पारदर्शी जानकारी उपलब्ध गराउँदै आएको जनाएको छ। सन् २०२६ को पहिलो त्रैमासिक प्रतिवेदन तथा टिकटकका कन्टेन्ट गाइडलाइन्स, टुल्स र नीतिबारे थप जानकारीका लागि अंग्रेजी भाषामा उपलब्ध टिकटक ट्रान्सपेरेन्सी सेन्टर हेर्न सकिन्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.