आईपीओ निष्कासन गर्न क्लव चौलानी नियुक्त बिक्री प्रबन्धक
काठमाण्डौ । क्लव चौलानी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि गरिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । पुस ८ गते काठमाण्डौको बुढानिलकण्ठस्थित होलिडे इन रिसोर्टमा दुई कम्पनीबीच साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो ।

