नेप्से साप्ताहिक समीक्षा : सेयरबजार १.९५% ले घट्यो, सर्वाधिक गुमाउनेमा हाइड्रो सेक्टर
काठमाण्डौ । यस साता नेप्से परिसूचक ५२.६० अंक अर्थात् १.९५ प्रतिशतले घटेर २६४९.५१ विन्दुमा बन्द भयो । अघिल्लो साता नेप्से परिसूचक २७०२.१२ विन्दुमा बन्द भएको थियो, जुन त्यसभन्दा अघिको साताको तुलनामा ०.८० प्रतिशतले घटेको थियो । यस साता नेप्सेले २७१९.१६ विन्दुको उच्चतम र २६३३.९३ विन्दुको न्यूनतम स्तर छोएको थियो । गत साता मंगलबार २६.१७ अंकको सबैभन्दा ठूलो गिरावट देखिएको थियो...

