IME remit
  • आईतवार, कार्तिक २३,२०८२ 07:34:39
नेप्से पुनः२१ सय माथि,खुकुलो मौद्रिक नीति समीक्षाको अपेक्षा
Capital Market

नेप्से पुनः२१ सय माथि,खुकुलो मौद्रिक नीति समीक्षाको अपेक्षा

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १५.३३ अंक अर्थात ०.७३ प्रतिशतले बढेर २ हजार १०१.१६ बिन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले बढेर ३७५.९९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर ३...

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता
Capital Market

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

काठमाण्डौ । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  

अम्बे स्टिल्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने,डाक्यो एजीएम
Capital Market

अम्बे स्टिल्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने,डाक्यो एजीएम

काठमाण्डौ । अम्बे स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारी गरेको हो ।  कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पास गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २३ गतेका लागि वार्षिक साधारण सभा डाकेको हो ।  

आईपीओ निष्कासनको अनुमति माग गर्दै दुई कम्पनीले दिए सेबोनमा आवेदन
Capital Market

आईपीओ निष्कासनको अनुमति माग गर्दै दुई कम्पनीले दिए सेबोनमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् ।सेबोनमा आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिनेमा कालिञ्चोक हाईड्रोपावर र स्वस्तिक लघुवित्त वित्तीय संस्था रहेका छन् ।  

सुन्धारा सेक्युरिटिजद्वारा धितोपत्र बजार सम्बन्धि सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न
Capital Market

सुन्धारा सेक्युरिटिजद्वारा धितोपत्र बजार सम्बन्धि सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाण्डौ । सुन्धारा सेक्युरिटिज प्रालिले धितोपत्र बजार सम्बन्धि सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम चितवन जिल्लाको खैरेनी नगरपालिका पर्सा बजारमा आयोजना गरिएको हो ।

गरिमा विकास बैंकको ४९.२८ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
Capital Market

गरिमा विकास बैंकको ४९.२८ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको ९.५० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सूचीकृत भएको छ । आज बैंकको ४९ लाख २८ हजार ३०२.७१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

माउन्टेन हाईड्रोको नाफामा ८८.९७% को पहिरो,ईपीएस १.०६ रुपैयाँ मात्रै
Capital Market

माउन्टेन हाईड्रोको नाफामा ८८.९७% को पहिरो,ईपीएस १.०६ रुपैयाँ मात्रै

काठमाण्डौ । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा १ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ८८.९७ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनी खुद नाफा १२ करोड ४ लाख रुपैयाँ थियो ।   

घलेम्दी हाईड्रोले ४.७१% ले घटायो घाटा,विद्युत बिक्री आम्दानी ७.१६% ले वृद्धि
Capital Market

घलेम्दी हाईड्रोले ४.७१% ले घटायो घाटा,विद्युत बिक्री आम्दानी ७.१६% ले वृद्धि

काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले ४.७१ प्रतिशतले घाटा घटाएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड ९५ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आवको समीक्षा अवधिसम्म भने १ करोड ८६ लाख रुपैयाँ घाटामा रहेको छ ।  कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ९२ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ७.१६ प्रतिशतले धेरै हो ।  

अपर हेवाखोला ८.६८ करोड घाटामा,ईपीएस ३४.७५ रुपैयाँले ऋणात्मक
Capital Market

अपर हेवाखोला ८.६८ करोड घाटामा,ईपीएस ३४.७५ रुपैयाँले ऋणात्मक

काठमाण्डौ । अपर हेवाखोला जलविद्युत आयोजनामा बाढीले क्षति पुग्दा अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेड घाटामा गएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा ८ करोड ६८ लाख रुपैयाँबराबरको घाटा व्यहोरेको छ ।  अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी ४ करोड ६३ लाख रुपैयाँ नाफामा थियो ।  

राधी विद्युतको नाफा र वित्त आम्दानी वृद्धि,प्रतिसेयर आम्दानी कति ?
Capital Market

राधी विद्युतको नाफा र वित्त आम्दानी वृद्धि,प्रतिसेयर आम्दानी कति ?

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको मुनाफामा ३६.२५ प्रतिशतको वृद्धि भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको खुद नाफा ५ करोड ३६ लाख रुपैयाँमा सीमित थियो ।  कम्पनीको खुद आम्दानी भने ६.१३ प्रतिशतको गिरावट आएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ६ करोड ८४ लाख रुपैयाँ खुद आम्दानी...

तारागाँउ रिजेन्सीको नाफामा ७१.०७% को वृद्धि, आम्दानी र ईपीएसमा पनि सुधार
Capital Market

तारागाँउ रिजेन्सीको नाफामा ७१.०७% को वृद्धि, आम्दानी र ईपीएसमा पनि सुधार

काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जु गत आवको सोहि अवधिको तुलनामा ७१.०७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले १० करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको खुद आम्दानी पनि १४.३९ प्रतिशतले वृद्धि भएको छ । कम्पनी ७१ करोड ४२ लाख रुपैयाँ खुद आम्दानी गर्न सफल भएको छ ।...

बजारमा खुलेआम चलखेल रोकिएन, खेलाडीलाई कारबाही गर्ने कसले ?
Capital Market

बजारमा खुलेआम चलखेल रोकिएन, खेलाडीलाई कारबाही गर्ने कसले ?

काठमाण्डौ । धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा अन्तिम मिनेटमा सेयरको भाउ तलमाथि गर्ने खेल खुलेआम चल्न थालेको छ । यसअघि पनि एउटा ब्रोकरबाट नेपाल टेलिकमको सेयरमा पोजेटिभ सर्किट लगाएर अन्तिम मिनेटमा १५ अंक सम्मले बजार बढाइएको थियो ।  टीएमएसमा नै करोडौ कित्ता खरिद अर्डर देखिने त कहिले टीएमएसले नै काम नगर्ने समस्या बारम्बार आउन थालेको छ । प्राय दिनभर नियमित कारोबार भएको बजारमा...

सोनापुर मिनरल्स १४.९८ करोड घाटामा ,खुद आम्दानी पनि ७७.०७% ले घट्यो
Capital Market

सोनापुर मिनरल्स १४.९८ करोड घाटामा ,खुद आम्दानी पनि ७७.०७% ले घट्यो

काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १४ करोड ७८ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी २ करोड ६२ लाख रुपैयाँ नाफामा रहेको थियो ।  

अरुण भ्याली हाइड्रोपावरले फागुन १७ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्ने
Capital Market

अरुण भ्याली हाइड्रोपावरले फागुन १७ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिसमिटेड आफ्ना सेयरधनीहरुलाई आगामी फागुन १७ गतेबाट हकप्रद सेयर बिक्री गर्ने भएको छ।कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८३ लाख ७९ हजार ६२६ कित्ता हकप्रद निष्कासन गर्नेछ।  

हिमालयन रि इन्स्योरेन्सको नाफामा ९९.९२% को उछाल,अन्य वित्तीय सूचकमा पनि सुधार
Capital Market

हिमालयन रि इन्स्योरेन्सको नाफामा ९९.९२% को उछाल,अन्य वित्तीय सूचकमा पनि सुधार

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ६० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ९९.७२ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ३० करोड १७ लाख रुपैयाँ थियो ।  कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १५४.६५ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिसँगै कम्पनीको खुद बीमाशुल्क...

बजार घट्दा कारोबार बढ्यो, कसरी बुझ्ने प्राविधिक रुपमा ?
Capital Market

बजार घट्दा कारोबार बढ्यो, कसरी बुझ्ने प्राविधिक रुपमा ?

काठमाण्डौ । आजको बजारमा कारोबारको सुरुवाति एक घण्टा बजार बढेको थियो । आज बजार  बढेर  २ हजार १०९ बिन्दुसम्म पुगेको बजार करिव १० अंकले घटेर अन्त्यमा २ हजार ८५  को बिन्दुमा बन्द भयो ।  प्राविधिक रुपमा डेलीबेसमा आजको बजारलाई हेर्दा बोलिङगरको मध्य ब्यान्डमा प्रतिरोध सामाना गरेको देखिन्छ । बोलिङगर ब्यान्डमा नै आवरली बेसमा हेर्दा अपर ब्यान्डमा छोएर मध्य ब्यान्ड अर्थात २ हजार...

ग्राउण्ड जिरोः खेलाडीले चलाउँछन सेयर बजार, हिमालयन रि को सेयर बेच्न अनेक फण्डा
Capital Market

ग्राउण्ड जिरोः खेलाडीले चलाउँछन सेयर बजार, हिमालयन रि को सेयर बेच्न अनेक फण्डा

काठमाण्डौ । सधैको साता झै आज पनि हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी बिहान ११ बज्दा नबज्दै पुतलीसडकमा रहेको केही ब्रोकर हाउसमा पुगेका थियौ । सर्वप्रथम हामी श्वेता सेक्युरिटिज स्टक ब्रोकर नम्बर २५ मा  पुग्यौं । ब्रोकर हाउसमा फोनको घण्टी बजिरेहेको थियो । लगानीकर्ताहरुको उपस्थिति...

प्रदेश ५ सेयर लगानीकर्ता फोरमद्वारा राहत वितरण
Capital Market

प्रदेश ५ सेयर लगानीकर्ता फोरमद्वारा राहत वितरण

काठमाण्डौ । प्रदेश ५ सेयर लगानीकर्ता फोरमले लुम्बिनी प्रदेशमा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । फोरमले आज आफ्नो वार्षिकोत्सवको अवसर पारेर नयाँ गाउँ,बुटवलमा अवस्थित लुम्बीनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रममा गएर खाद्य सामाग्री तथा लत्ताकपडा सहयोग गरेको हो।लुम्बिनी प्रदेशमा सेयर लगानीकर्ता  फोरमले  सेयर बजार विकास र विस्तारको लागि काम गर्दै आएकोमा वार्षिक उत्सवको...

भगवति हाईड्रोपावरको आम्दानी र नाफा दुवैमा वृद्धि,रिजर्भको आकार १९.९०% ले बढ्यो
Capital Market

भगवति हाईड्रोपावरको आम्दानी र नाफा दुवैमा वृद्धि,रिजर्भको आकार १९.९०% ले बढ्यो

काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आम्दानी बढ्दा नाफामा वृद्धि भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २३.५५ प्रतिशतले धेरै हो ।  गत आवको पुस ममानसन्तसम्म कम्पनीले ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सिटिजन लाइफको ४.३४ लाख कित्ता सेयरको लक इन अवधि फागुन २७ गते समाप्त हुने
Capital Market

सिटिजन लाइफको ४.३४ लाख कित्ता सेयरको लक इन अवधि फागुन २७ गते समाप्त हुने

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आगामी फागुन २७ गते समाप्त हुने भएको छ ।  कम्पनीले एक सूचना  जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाइएको ४ लाख ३४ हजार ९०६ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.