सुनको मूल्य १% ले घट्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आजको कारोबारमा सुनको मूल्य १.०१ प्रतिशत अर्थात २९.४८ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ९१६ डलरमा कारोबार भईरहेको छ । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको थियो । गत सोमबार सुनको मूल्य प्रतिऔंस २ हजार ९५६.१५ डलर पुग्दै हालसम्मकै उच्च कायम भएको थियो ।