ह्वात्तै बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ ।यससँगै सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य १ सय रुपैयाँले घटेको थियो ।