हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ शाह बर्खास्त, निमित्त सीईओमा अन्जु श्रेष्ठ नियुक्त
काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) बिजय बहादुर शाह बर्खास्त भएका छन् । कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको बैठकले शाहलाई पदबाट हटाउने निर्णय गरेको हो । शाहलाई असार १३ गतेदेखि लागू हुनेगरी पदमुक्त गरिएको कम्पनीले जनाएको छ । शाह विस २०७८ फागुन १ गते ४ वर्षका लागि सीईओमा नियुक्त भएका थिए । यसका साथै सोही बैठकले कम्पनकी...