युनाइटेड अजोड इन्स्योरेन्स डाक्यो विशेष साधारण सभा, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ ३१ गते बस्ने गरी विशेष साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौको टंगालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान १०.३० बजे आयोजना हुनेछ । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी २ अर्ब १० करोड...