अधिकांश बीमा कम्पनीको सेयरभाउ ५२ हप्ताको ‘लो’नजिक, बोनस र हकप्रदले झनै घटायो
काठमाण्डौ । पछिल्लो समय सेयरबजारले गति लिन सकिरहेको छैन । नेप्से परिसूचक २६ सयकै आसपासमा रुमलिएको छ । बजार ओरालो लाग्दा सूचीकृत कम्पनीहरुको सेयरभाउ फेरी विस्तारै ५२ हप्ताकै लो लेभलमा पुग्न लागेको छ । नेप्सेको फ्लोरसिटअनुसार अधिकांश बीमा कम्पनीको सेयरभाउ ५२ हप्ताकै लो प्राइस आसपास पुगेको छ । बीमा कम्पनीहरुको सेयरमूल्य बोनस सेयर र हकप्रद सेयरका कारण समायोजन भएकाले पनि...

