नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा तेस्रो दिनसम्म ९.५५ गुणा बढी आवेदन
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओमा तेस्रो दिनसम्म ९.५५ गुणा बढी आवेदन परेको छ । सिडीएससीको तथ्यांक अनुसार तेस्रो दिनसम्ममा १३ लाख ५३ हजार ४२६ आवेदकबाट १ करोड ७६ लाख २९ हजार ३०० कित्ता सेयर माग भएको छ । कम्पनीले फागुन ११ गतेदेखि आम सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ जारी गरेको छ ।

