काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)को सञ्चालकमा रत्नाकर पटनायक नियुक्त भएका छन् । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पटनायकलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
पटनायकलाई भारतीय जीवन बीमा निगमले सञ्चालकको रुपमा मनोनित गरेको पठाएको थियो । यसअघिका सञ्चालक तबलेश पाण्डेको कार्यकाल जेठ १६ गते समाप्त भएसँगै उनको स्थानमा पटनायकलाई मनोनयन गरिएको कम्पनीले जनाएको छ ।