अभिकर्ताहरुको लागि इन्सेन्टिभ वितरणमा कडाई, प्रत्येक महिनाको २८ गतेभित्र पुरा गरिसक्नुपर्ने
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी र अभिकर्ताहरुलाई बीमालेख जारी गर्दा थप कडाई गरेको छ । जीवन बीमा कम्पनीले अभिकर्तालाई प्रदान गर्ने इन्सेन्टिभ लयातका सुविधाको कट अफ डेट आवधिक वित्तीय विवरण पेश गर्ने मितिसँग मिल्न गएको हुनाले बीमालेख जारी विषयमा तीन व्यवस्था लागू गरेको छ ।