बुधबार, असार ११,२०८२ 01:41:18
  • बुधबार, असार ११,२०८२ 01:41:18
Global IME Bank Limited

हिमालयन लाइफका सीइओ कर्णको तलब ६३.८७% ले बढ्यो, बुझे साढे एक करोड

Hyundai Nepal
हिमालयन लाइफका सीइओ कर्णको तलब ६३.८७% ले बढ्यो, बुझे साढे एक करोड
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज कुमार लाल कर्णको तलब भत्ता ६३.८७ प्रतिशतले बृद्धि गरिएको छ । गत आर्थिक वर्षमा सीइओ कर्णले एक करोड ५४ लाख ७० हजार रुपैयाँ तलब भत्ता बुझेका छन् । उनको पारिश्रमिक तलब भत्ता अघिल्लो आवको तु्लनामा ६३.८७ प्रतिशतले बढेको हो । 

अघिल्लो आव २०७९/८० मा कम्पनीको सञ्चालक समितिले उनलाई तलब भत्ता स्वरुप जम्मा ९४ लाख ४० हजार रुपैयाँ मात्रै दिएका थिए । यो तलब भत्ता आव २०७८/७९ को तुलनामा १४.८७ प्रतिशत कम हो । उक्त आवमा सीइओ कर्णलाई सञ्चालक समितिले १ करोड १० लाख ९० हजार रुपैयाँ तलब भत्ता वितरण गरेको थियो । स्रोतका अनुसार कम्पनीको सञ्चालक समितिले आव २०७९/८० मा सञ्चालकको भत्ता बढाएर सीइओ कर्णको तलबसहित पाउने सुविधा भने घटाइदिएको थियो । सोही कारणले कम्पनीमा सञ्चालक र सीइओ वा माथिल्लो तहको कर्मचारीबीच खटपट समेत भएको हल्ला थियो । 

CG Motors
Muktinath Bikas Bank Limited

तर गत आवमा सञ्चालक समितिले सीइओको तलबसहित पाउने सुविधा बृद्धि गरेको छ । गत आवमा सीइओ कर्णले प्रचलित व्यवस्थाअनुसारको पाउने सुविधा वापत ८ लाख ७५ हजार रुपैयाँ बुझेका छन् । यो रकम अघिल्लो आवको तुलनामा ७५.८१ प्रतिशत बढी हो । अघिल्लो आवमा उनले यस्तो सुविधावापत ५ लाख ५४ हजार रुपैयाँ बुझेका थिए । 

त्यस्तै, गत आवमा उनले बीमा सम्बन्धीका सुविधाहरुवापत पाउने रकम १ लाख १३ हजार रुपैयाँ बुझेका छन् । जसमा उनले सावधिक जीवन बीमा, दुर्घटना बीमाि र निजको परिवारको स्वास्थ्य बीमाको सुविधा पाउनेछन् । यसरी गत आवमा उनले कुल तलब, भत्ता तथा अन्य सुविधा वापत १ करोड ६४ लाख ५८ हजार रुपैयाँ बुझेका छन् । यो रकम अघिल्लो आवको तुलनामा ६२.८२ प्रतिशत बढी हो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.