नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा पहिलो दिननै २.६८ गुणा बढी आवेदन
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिनमा नै २.६८ गुणा आवेदन परेको छ । कम्पनीले आजदेखि आम सर्वसाधरणहरुको लागि १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको थियो । सीडीएसीको तथ्यांक अनुसार यो आईपीओमा पहिलो दिनमा नै ४९ लाख ४५ हजार ८४० कित्ता सेयर माग भएको छ ।