बुधबार, चैत्र ११,२०८२ 10:01:53
Bizshala
  • बुधबार, चैत्र ११,२०८२ 10:01:53
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
INSURANCE

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवका लागि घोषणा गरेको नगद लाभांश वितरण गरेको छ । कम्पनीले पुस २९ गते सम्पन्न ३२ औँ वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष २०८१/८२ का लागि पारित २५ प्रतिशत नगद लाभांश(कर समेत) एनएमबी क्यापिटलमार्फत पुस २९ गतेदेखि नैहितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।  

नाफिजका २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको दुर्घटना बीमा
INSURANCE

नाफिजका २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको दुर्घटना बीमा

काठमाण्डौ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आफ्ना २७४ जना सदस्यको दुर्घटना बीमा गराएको छ । नाफिजले गत साधारणसभामा कायम रहेका आफ्ना सदस्य, सल्लाहकार तथा कर्मचारीको ‘सामूहिक दुर्घटना बीमा’ गराएको हो ।नाफिजले गतवर्ष २०८१ पुस २४ गते सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्ससँगको सहकार्यमा आफ्ना २३५ जना सदस्यको सामूहिक दुर्घटना बीमा गराएको...

एशियन लाइफको १.५५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
INSURANCE

एशियन लाइफको १.५५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १ लाख ५५ हजार ३७१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

हिमालयन लाइफले लाभांश वितरण नगर्ने
INSURANCE

हिमालयन लाइफले लाभांश वितरण नगर्ने

काठमाण्डौ ।  हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश नदिने भएको छ । पुस २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८१÷८२ को संचित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

सन नेपाल लाइफको साधारण सभा सम्पन्न, २०.२६३२% लाभांश पारित
INSURANCE

सन नेपाल लाइफको साधारण सभा सम्पन्न, २०.२६३२% लाभांश पारित

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ तथा नवौँ बार्षिक सााधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा आज काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा सम्पन्न भएको हो ।

एशियन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन बीमालेखमा कति पाइन्छ ?
INSURANCE

एशियन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन बीमालेखमा कति पाइन्छ ?

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन र दायित्व मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृतभएसँगै मुनाफामा सरिक हुने(बोनस दिने गरी) जारी भएका बीमलेखहरुका लागि नयाँ बोनसदर कायम गरेको हो ।कम्पनीले यो अवधिका लागि प्रतिहजार अधिकतम ७५...

लाभांश पारित गर्दै सम्पन्न भयो सानिमा रिलायन्सको साधारण सभा
INSURANCE

लाभांश पारित गर्दै सम्पन्न भयो सानिमा रिलायन्सको साधारण सभा

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको आर्थिक वर्ष २०८१÷८२ को नवौ वार्षिक साधारण सभा पुस २४ गते काठमाण्डौको गोल्फुटारमा रहेको शुभ इभेन्टसमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष रतन लाल केडियाको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्षले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गरेका थिए ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश पारित
INSURANCE

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा पुस २४ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।साधारण सभामा अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानव सिर्जित विभिन्न जोखिमबाट उत्पन्न हुन सक्ने आर्थिक...

शिखर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा
INSURANCE

शिखर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।

नेपाल लाइफको १६.०६% नगद लाभांश सेयरधनीको खातामा जम्मा
INSURANCE

नेपाल लाइफको १६.०६% नगद लाभांश सेयरधनीको खातामा जम्मा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले पुस १९ गतेको साधारण सभाबाट पारित भएको १६.०६ प्रतिशत नगद लाभांश(बोनस तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि)पुस २० गतेदेखि सेयरधनीहरुको बैंक खातामा आईपीएसमार्फत जम्मा गरेको हो ।  

नेपाल लाइफ इन्स्योरेन्समा सबैभन्दा धेरै सुवास चन्द्र सांघाईको लगानी, अन्य कुनको कति ?
INSURANCE

नेपाल लाइफ इन्स्योरेन्समा सबैभन्दा धेरै सुवास चन्द्र सांघाईको लगानी, अन्य कुनको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै व्यवसाय गर्ने नेपाल लाइफ इन्स्योरेन्समा ५१ प्रतिशत सेयर संस्थापकको छ भने ४९ प्रतिशत सेयर सर्वसाधारणको रहेको छ ।कम्पनीका अनुसार एक प्रतिशत वा सो भन्दा बढी सेयर स्वामित्व रहेका सेयरधनीहरुको संख्या १२ रहेको छ । कम्पनीमा सबैभन्दा बढी लगानी सुवास चन्द्र सांघाईको रहेको छ ।नेपाल लाइफमा उनको मात्रै ६.०२ प्रतिशत अर्थात् ५४ लाख ३५...

माघ १ गतेदेखि अनिवार्य डिजिटल भुक्तानी गर्न बीमकहरुलाई निर्देशन
INSURANCE

माघ १ गतेदेखि अनिवार्य डिजिटल भुक्तानी गर्न बीमकहरुलाई निर्देशन

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनी र इन्स्योरेन्स ब्रोकर कम्पनीहरुलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत दाबी भुक्तानी गर्न निर्देशन दिएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सका कर्मचारीको बोनस ४३.७९% ले वृद्धि
INSURANCE

सिटिजन लाइफ इन्स्योरेन्सका कर्मचारीको बोनस ४३.७९% ले वृद्धि

काठमाण्डौ । सेयर लगानीकर्ताहरुलाई २० प्रतिशत नगद लाभांश वितरण गरेको सिटिजन लाइफ इन्योरेन्सले आफ्ना कर्मचारीहरुको बोनस ४३.७९ प्रतिशतले बढाएको छ ।आव २०८०/८१ मा ४ करोड २४ लाख ४१ हजार रुपैयाँ कर्मचारी बोनस बाँडेको यो कम्पनीले आव २०८१/८२ मा भने ६ करोड १० लाख २७ हजार रुपैयाँ बोनस वितरण गरेको छ ।साथै, कम्पनीले कर्मचारीहरुलाई गत आवमा १२ करोड २५ लाख ४९ हजार रुपैयाँ तलब वितरण गरेको छ ।...

स्वास्थ्य बीमा बोर्डद्वारा औषधि दररेटसम्बन्धी यस्तो निर्देशन जारी
INSURANCE

स्वास्थ्य बीमा बोर्डद्वारा औषधि दररेटसम्बन्धी यस्तो निर्देशन जारी

काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई औषधिको न्यूनतम दररेट दाबी गर्ने सम्बन्धमा स्पष्ट निर्देशन जारी गरेको छ। बोर्डका अनुसार सुविधा थैली अन्तर्गतका सेवा सुविधाहरूको परिमार्जित विवरण तथा दररेट २०८१ बमोजिम औषधिका लागि तोकिएको दररेटभन्दा अस्पतालको आन्तरिक दररेट न्यून भएमा सोही अस्पतालको दररेट दाबी गर्नुपर्नेछ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा पुनःनिर्माण कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग
INSURANCE

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा पुनःनिर्माण कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले नेपाल सरकारको भौतिक संरचना पुनःनिर्माण कोषमा रु. १ करोड १ लाख सहयोग प्रदान गरेको छ। कम्पनीले यो सहयोग गत भदौ २३–२४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण क्षति पुगेका राष्ट्रिय सम्पदा र भौतिक संरचनाको पुनःनिर्माण, आर्थिक पुनरुत्थान तथा राहतका लागि गरेको जनाएको छ।

सिटिजन लाइफद्वारा गुल्मीका विद्यार्थीलाई न्यानो कपडा वितरण
INSURANCE

सिटिजन लाइफद्वारा गुल्मीका विद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुल्मी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इस्मा गाउँपालिका–६ स्थित बुल्म आधारभूत विद्यालयमा अध्ययनरत १०० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ।

नेशनल लाईफले गर्यो बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
INSURANCE

नेशनल लाईफले गर्यो बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले काठमाण्डा स्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य हुनु भएका ५०० जना भन्दा बढि अभिकर्ताहरु सहित विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं बागमती प्रदेश अन्तर्गत रहेका शाखा...

नेपाल लाइफको २६ औं साधारणसभाबाट २१.०५% लाभांश पारित
INSURANCE

नेपाल लाइफको २६ औं साधारणसभाबाट २१.०५% लाभांश पारित

वीरगञ्ज। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६औँ वार्षिक साधारण सभा शुक्रबार पर्साको वीरगञ्जस्थित होटल भिष्वामा सम्पन्न भएको छ। साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न भएको हो।

सन नेपाल लाइफद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण
INSURANCE

सन नेपाल लाइफद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गुल्मीको इस्मा गाउँपालिका–१ स्थित हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत ३८ जना विपन्न तथा जेहेन्दार छात्र–छात्रालाई न्यानो कपडा वितरण गरेको छ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनबहादुर खत्रीले बीमा भनेको दुःखको सारथी भएको उल्लेख गर्दै चिसो मौसममा...

नेपाल प्रहरीद्वारा नेपाल लाइफ इन्स्योरेन्स सम्मानित
INSURANCE

नेपाल प्रहरीद्वारा नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई जिल्ला प्रहरी परिसर काठमाण्डौले सम्मानित गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौको आयोजनामा बसन्तपुरमा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रममा यस कम्पनीले दरबारमार्ग स्थित प्रहरी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.