डलरको मूल्य वृद्धि,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन १७ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयको दर अनुसार डलरको मूल्य बढेको हो । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३८ रुपैयाँ र बिक्रीदर १३२.९८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.३४ रुपैयाँ र बिक्रीदर १३३.९४ रुपैयाँ कायम भएको छ ।

