चीनमा आइफोन प्रतिबन्धः दुई दिनमा झन्डै ६%ले घट्यो एप्पलको सेयरभाउ
काठमाण्डौ । चीनमा सरकारी कर्मचारीले आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको खबर आएपछि एप्पलको सेयरभाउमा लगातार दोस्रो दिन पनि गिरावट आएको छ। पछिल्लो दुई दिनमा कम्पनीको सेयर करिब ६ प्रतिशतले घटेको छ। एप्पलको सेयरभाउ बिहीबार ५.३५ डलर अर्थात २.९२ प्रतिशतले घटेर १७७.५६ डलरमा बन्द भएको छ। एप्पलको तेस्रो ठूलो बजार चीन हो। गत वर्षको कुल आम्दानी ३९४ बिलियन डलरमा चीनको हिस्साको १८...

