खर्च र इम्पेयरमेन्ट चार्ज बढ्दा नेरुडे मिर्मिरे लघुवित्तको नाफा १५% ले घट्यो, वितरणयोग्य मुनाफा कति ?
काठमाण्डौ । खुद ब्याज आम्दानी बढेतापनि सञ्चालन खर्च र इम्पेयरमेन्ट चार्ज बढ्दा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट आएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म २५ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.८७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ३० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।...