आईपीओ निष्कासनको तयारीमा रहेको भिजन ईनर्जीको विशेष साधारण सभा स्थगित
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको भिजन ईनर्जी एण्ड पावर लिमिटेडको विशेष साधारण सभा स्थगित भएको छ । जेठ ३२ गतेका लागि तय भएको कम्पनीको विशेष साधारण सभा विशेष कारणबश स्थगन गर्नु परेको कम्पनीले जनाएको छ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले अर्को बैठकले निर्णय नगरेसम्मका लागि विशेष साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो । कम्पनीको गत वैशाख ३० गते बसेको...