श्वेत गंगा हाईड्रोपावरको ९६.८९ लाख कित्ता सेयरको लक इन अवधि समाप्त
काठमाण्डौ । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको लक इन समयावधि समाप्त भएको छ । कम्पनीको कुल ९६ लाख ८९ हजार ५०० कित्ता सेयरको लक इन अवधि साउन १७ गते समाप्त भएको हो । उक्त मितिमा कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त भएको हो ।